२०८२ मंसीर २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन

विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्थोपेडिक्स विभागलाई तीन वटा युनिटमा विभाजन गरेको हो । अर्थोपेडिक्स विभागले प्रदान गर्दै आएका सेवालाई परिस्कृत र समूहगत रुपमा सेवा प्रदान गर्न विभागमा तीन युनिट खडा गरिएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिइन् ।

विपीले अर्थोपेडिक्स विभागअन्तर्गत स्पाइन, स्पोर्टस मेडिसिन एण्ड रिकन्स्ट्रक्सन र जनरल एण्ड कम्प्लेक्टस लिम्ब रिकन्ट्रक्सन युनिटमार्फत सेवा प्रवाह गर्न लागेको हो । स्पाइन युनिटअन्तर्गत आइतबार र बुधबार प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. राजु रिजाल, डा. प्रमोद बराल र डा. दिपेन्द्र मिश्रले सेवा दिने प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, स्पोर्टस मेडिसिन एण्ड रिकन्स्ट्रक्सनअन्तर्गत सोमबार र बिहीबार प्रा.डा. राजीव महर्जन, डा. विष्णु पोखरेल, डा. अमित विक्रम शाह र डा. आशिषकुमार पाण्डेले जनरल ओपीडी र पेइङ सेवा दिनेछन् ।

जनरल एण्ड कम्प्लेक्टस लिम्ब रिकन्ट्रक्सन युनिटमा मंगलबार र शुक्रबार डा. अमित लिम्बु, डा. जितेन्द्र शाह र डा. यामबहादुर गुरुङले जनरल ओपीडी र पेइङ सेवा दिनेछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ