२०८२ फागुन २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड

बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड


काठमाडौं—झापास्थित बीएण्डी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले एक वर्षमा १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको छ । पूर्वी झापाको प्रमुख अस्पतालका रुपमा रहेको बीएण्डसीको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा अस्पतालले १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको हो ।

बीएण्डसी कारोबारका हिसाबले पहिलो पटक अर्बको क्लबमा पुगेको हो । यसअघि सन् २०२४ मा बीएण्डसीले ९६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२३ मा भने बीएण्डीसीको कारोबार ८१ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

सन् २०११ मा स्थापना भएको यो मेडिकल कलेजले काठमाडौं युनिभर्सिटीको सम्बन्धनमा वि.सं. २०८१ देखि एमबीबीएस अध्यापन गराइरहेको छ ।

मल्टीस्पेसियालिटी अस्पतालमार्फत सेवा दिइरहेको बीएण्डसीको अध्यक्षमा डा. रामबाबु गिरी र कार्यकारी निर्देशकमा दुर्गा प्रसाई रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ