नेपालगन्ज— नेपालको कुल जनसंख्याको करिब साढे १६ प्रतिशत मानिसमा कुनै न कुनै स्तरको श्रवण समस्या रहेको अनुमान छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार नेपालमा कुल अपाङ्गता भएका व्यक्तिहरूमध्ये करिब ७.८५ प्रतिशत बहिरा र ७.८७ सुस्त श्रवण प्रतिशत (ज्बचम या ज्भबचष्लन० भएका व्यक्तिहरू छन् ।
तर, बहिरोपन सम्बन्धी समस्या भएका अधिकांश बिरामीहरुले अझै पनि समयमै गुणस्तरीय उपचार सेवा पाउन सकेका छैनन् ।
हेल्थपोष्ट र जिल्ला अस्पतालहरुमा कान रोगको उपचार सेवा अझै पुग्न सकेको छैन । सहरी क्षेत्रमा पनि कानको राम्रो उपचार हुने छुट्टै सरकारी अस्पताल निकै कम छन् । प्राइभेट क्लिनिकहरु पनि कम छन । जसका कारण सहज रुपमा उपचार नपाउँदा बहिरोपनको समस्या भएका लाखौं नेपालीहरु निरश र कष्टकर जीवन बिताउन बाध्य छन् ।
कान सम्बन्धी समस्याका कारण बहिरोपनको पीडा खेप्न विवश नेपालीहरुको उपचारमा निजी क्षेत्रको स्वास्थ्य संस्था नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले १५ वर्षदेखि अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत हजारौं बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । देशैभरका बिरामीहरुलाई सहज उपचार सेवा पु¥याउने उद्देश्यले क्लिनिकले काठमाडौंका अतिरिक्त विराटनगर र नेपालगन्जमा समेत शाखा विस्तार गरिसकेको छ ।
कान नसुन्ने र बोली सम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि विगत १५ वर्षदेखि आशाको केन्द्र बन्दै आएको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकका प्रमुख कार्यकारी अधिकृतका रुपमा पुरुषोत्तम भुर्तेलले नेतृत्व गरिरहेका छन् । ४० वर्षीय युवा भुर्तेलको नेतृत्वमा क्लिनिकले बहिरोपन सम्बन्धी समस्याका अतिरिक्त बालबालिकामा बोली फुट्न ढिलो हुने, भकभकाउने, वृद्धवृद्धामा हुने कान कम सुन्ने समस्याको समाधान गर्ने उद्देश्यका साथ उपचार स्वास्थ्य परीक्षण परामर्श र उपचार सेवा प्रदान गर्दै आएको छ ।
भुर्तेल भन्छन्, ‘हाम्रो लक्ष्य भनेको प्रविधिको सही प्रयोग गरेर बहिरोपन सम्बन्धी समस्या भएका बिरामीलाई सञ्चारको मूलधारमा ल्याउनु हो ।’
भुर्तेलले सन् २०११ मा मात्र ५ लाख रुपैयाँको लगानीमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक स्थापना गरेका थिए । सुरुका दिनहरूमा पर्याप्त उपकरण नहुँदा भारतका साथीहरूको सहयोगमा अडियोमिटर ल्याएर परीक्षण सेवाको सुरुवात गरेका थिए । पछिल्लो एक दशकमा यस क्लिनिकले प्रविधि र उपचार सेवामा ठूलो फड्को मारेको छ । सन २०१३ मा नेपाल मै पहिलो पटक अडिटोरी स्टेडी—स्टेट रेस्पोन्स (Auditory Steady-State Response ASSR )टेस्ट सेवा भित्र्याएका थिए । यो कानको सुन्ने क्षमता परीक्षण गर्ने एउटा आधुनिक र वस्तुपरक प्रविधि हो ।
सन् २०१६ नेपालमै पहिलो पटक (Ear mold Lab) स्थापना गरी कानको बनावट अनुसारको मेसिन निर्माण सुरु गरेका थिए । यो कान सुन्नका लागि उपकरण प्रयोग गर्ने व्यक्तिको कानको भित्री आकार अनुसारको विशेष साचो तयार पार्न प्राविधिक प्रयोगशाला हो । हरेक मानिसको कानको भित्री बनावट औठाछाप जस्तै फरक–फरक हुन्छ । त्यसैले, बजारमा पाइने तयारी मेसिनहरू सबैलाई राम्ररी नमिलेर आवाज बाहिरिने वा कान दुख्ने समस्या हुन सक्छ यस्तो अवस्थामा इयर मोल्ड ल्याबको भूमिका महत्तवपूर्ण हुन्छ ।
सन् २०२३ मा क्लिनिकले स्वीट्जरल्याण्डको फोन्याकसँगको साझेदारीमा कोक्लीयर इम्प्लान्ट (Cochlear Implant) सेवाको सुरुवात गरेको थियो । भुर्तेलकै नेतृत्वमा क्लिनिकले काठमाडौंको महाराजगन्ज र कुमारीपाटीका साथै विराटनगर र नेपालगन्जमा शाखा विस्तार गरी विशेषज्ञ सेवा दिइरहेको छ । निकट भविष्यमै पोखरामा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । देशका प्रमुख सहरहरुमा क्लिनिकको सेवा विस्तार गरेर बहिरोपन सम्बन्धी समस्या भएका नेपालीहरुलाई संचारको मुलधारमा ल्याउने लक्ष्यका साथ अगाडि बढिरहेको कार्यकारी निर्देशक भुर्तेलले बताए ।
यो क्लिनिक केवल व्यवसायमा मात्र सीमित छैन । सन् २०२४ मा संस्थाले ४ वर्षीय बालक विशाल विकलाई पूर्ण रूपमा निःशुल्क कोक्लीयर इम्प्लान्ट सेवा प्रदान गरी सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्य गरेको थियो ।
कार्यकारी अधिकृत भुर्तेलका अनुसार क्लिनिकले हालसम्म बहिरोपन सम्बन्धी समस्या भएका करिब १० हजारभन्दा बढी हियरिङ एड श्रवण यन्त्र उपलब्ध गराइसकेको छ । त्यसैगरी क्लिनिकबाट २५ हजार भन्दा बढी बिरामीले डाइग्नोस्टिक सेवाहरू लिइसकेका छन् । करिब ६० भन्दा बढी बिरामीलाई कोक्लीयर इम्प्लान्ट सेवा प्रदान गरिसकेको छ ।
वरिष्ठ अडियोलोजिस्ट डा. केपी सिंहको क्लिनिकल र पुरुषोत्तम भुर्तेलको व्यवस्थापकीय नेतृत्वमा संचालन भइरहेको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक नेपालकै एक विश्वसनीय स्वास्थ्य संस्थाको रूपमा स्थापित भइसकेको छ ।
क्लिनिकले नेपाल सर्वसाधारण नागरिकदेखि राष्ट्र प्रमुखसम्मलाई उपचार सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत भुर्तेलले बताए । क्लिनिकले विशेषज्ञ चिकित्सक, प्राविधिक र अस्पताल ब्यवस्थापनसँग सहकार्य गरेर शिविरहरु संचालन गरेर भरपर्दाे र गुणस्तरीय सेवा देशभर पु¥याउने प्रयास गरिरहेको छ ।