गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेनाको रक्तदानले जोगियो वृद्धाको ज्यान सेनाको रक्तदानले जोगियो वृद्धाको ज्यान पदमराज भट्ट आईतबार, २०७६ चैत्र ३० गते, १८:०६ मा प्रकाशित महेन्द्रनगर – कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा वृद्धा आमा ६२ वर्षीया कलशा भाट बिरामीले थला परेपछि कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका गणेश भाट तनावमा थिईन । विभिन्न उपाय गरेर चार दिनअघि भीमदत्तनगरस्थित महाकाली अस्पतालमा आमाको उपचारमा रहेका भाटलाई चिकित्सकले आइतबार रगत आवश्यक पर्ने भनेपछि भाटलाई समस्या झन् बल्झियो । “पत्थरीले आमाको शरीरमा रगत अभाव रहेको थाहा पाएपछि साथीभाइको सल्लाह अनुसार म सेनाको भगतपुर ब्यारेकमा सम्र्पक गरेर समस्या दर्शाए ।” भाटले भने“ब्यारेकबाट तत्काल मेजर साप नै आएर रगत दिएर जाँदा खुसी छु ।” भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा कार्यरत सेनानी गणेश महरा रक्तदान गरेर वृद्धाको ज्यान जोगाएका हुन । “यो मेरो नवौं पटक गरेको रक्तदान हो ।” सेनानी महराले भने“व्यारेकमा रगतका लागि बिरामीका आफन्तहरु आइरहेकै हुन्छन् ।” नेपाल रेडक्रस सोसाइटी भीमदत्तनगरले बिरामीहरु रगत अभाव हुँदा लामो समयदेखि सेनाको भरमा पर्दै आएको जनाएको छ । “सेनाले विभिन्न ठाउँमा रगत दिएर अकालमै मृत्यु हुनबाट धेरैको ज्यान जोगाएको छ ।” महराले भने । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने