२०८२ पुस २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द

डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द


धनगढी—डडेल्धुरा अस्पताललले आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । बुधबार दिउँसो अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई उनकै कार्यकक्षभित्र नेकपा बहुमतका नाममा केही अराजक व्यक्तिहरूले दुर्व्यवहार गरेको भन्दै अस्पताल विकास समितिले आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।

घटनापछि अस्पताल विकास समितिले प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष ओझा अस्पतालको सेवा प्रवाह सुदृढ बनाउन, बिरामी सेवाग्राहीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको उल्लेख गरिएको छ ।

प्रमाणविहीन र तथ्यहीन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील र गरिमामय संस्थाभित्र गरिएको व्यवहारले सम्पूर्ण अस्पताल परिवारलाई लज्जित तुल्याएको विज्ञप्तीमा भनिएको छ।

यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने र कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउनेबाहेक कुनै उपलब्धि नहुने अस्पतालको ठहर छ।

घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अस्पतालले जोडदार माग गरेको छ । साथै। भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, प्रशासन तथा नागरिक समाजलाई अस्पतालले हार्दिक अपील गरेको छ ।

दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएमा कर्मचारीको कमजोर बनेको मनोबललाई मध्यनजर गर्दै भोलि २४ गतेदेखि आकस्मिक सेवा बाहेकका सबै सेवा पूर्ण रूपमा बन्द रहने अस्पताल विकास समितिले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ