धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न निकायमा रिक्त रहेको जनस्वास्थ्य प्रशासकको सबै दरबन्दी पदपूर्ति भएको छ । प्रदेशको निजामति सेवा ऐन आए पश्चात कर्मचारीको फाइल बढुवा आन्तरिक प्रतिस्पर्धासँगै खुल्ला गरी रिक्त रहेका ६ दरबन्दी पदपूर्ति गरेको छ ।
फाइल बढुवामा जनस्वास्थ्य प्रशासकमा रमेश कुवँर, रमेश मलासी, झनकराज ढुंगाना र ओमप्रकाश जोशी रहेका छन् भने आन्तरिक प्रतिस्पर्धाबाट योगेशप्रसाद भट्ट सिफारिस भएका छन् भने खुल्ला तर्फबाट चेतकान्त भुसाल रहेका छन् ।
फाइल बढुवाबाट जनस्वास्थ्य प्रशासक भएका रमेश मलासी समाजिक विकास मन्त्रालय, रमेश कुवँर स्वास्थ्य कार्यालय कैलाली, झनकराज ढुंगाना स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र र ओमप्रकाश जोशी स्वास्थ्य तालिम केन्द्रमा पदस्थापन भएका हुन्।
खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका चेतकान्त भुसाल र योगेशप्रसाद भट्ट स्वास्थ्य निर्देशनालयमा पदस्थापन भएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका भट्ट हाल अध्ययन बिदामा छन् ।