२०८२ फागुन १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन


धनगढी – कैलालीस्थित गेटामा सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदका लागि ३ सयभन्दा बढी आवेदन परेका छन्।

गत शुक्रबार शैक्षिक कार्यक्रम सञ्चालनका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले २६ जना प्राध्यापक र ५१ जना उप–प्राध्यापकका लागि आवेदन आह्वान गरेको थियो। सोही अनुसार कुल ३ सय ३ जनाले आवेदन दिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले विभिन्न संकायका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। आवश्यक जनशक्ति पूर्तिका लागि विभिन्न पदमा करार सेवामा आवेदन माग गरिएको हो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ