२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारBREAKING: असुरक्षित भएको भन्दैं ११ डाक्टर बसे बिदामा

BREAKING: असुरक्षित भएको भन्दैं ११ डाक्टर बसे बिदामा


काठमाडौं—डडेल्धुरा अस्पतालका सबै डाक्टर सामूहिक विदामा बस्ने पत्र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेललाई बुझाएका छन् । हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भन्दैं उनीहरु सामूहिक बिदामा बसेका हुन् ।

‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाडोभन्दा चाडो कानुनी कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरु आजैबाट सामूहिक बिदामा बस्ने अवगत गराउछौं,’ डाक्टरहरूले मेसुलाई लेखेको सामूहिक बिदाबारेको पत्रमा भनेका छन् ।

साथै, ११ जना डाक्टरहरुले संयुक्त रुपमा बुझाएको उक्त सामूहिक बिदाको पत्रमा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि समस्या समाधान गराउनुको साटो डर, धम्की र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको दाबी गरिएको छ ।

३१ जेठमा अमरगढी नगरपालिका बस्ने २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा निधन भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । विरामीका आफन्तले प्रदर्शन र सामान्य तोडफोड समेत गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ