२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सबालबालिको लागि घातक छ गुलियोः प्रतिवेदन

बालबालिको लागि घातक छ गुलियोः प्रतिवेदन


के तपाईं कुनै पनि बालकको अभिभावक हुनुहुन्छ ? ख्याल गर्नुहोस है, तपाईंको बालकले धेरै मिठाई खाने गरेको छ भने त्यसले गम्भिर समस्या निम्त्याउन सक्छ ।

पछिल्लो एक अध्ययनले बालबालिकाहरुको खानामा मिठाईको मात्रा हुन नुहुने जनाएको छ । बाल स्वास्थ्यका विज्ञहरुले गरेको पछिल्लो अध्ययनले बालबालिकाको खानामा तरकारीको मात्रालाई भने बढाउनुपर्ने जनाएको बिबिसीले जनाएको छ । यतिसम्मकी बच्चाहरुको खानामा गुलियो मह वा फलफुलको जुस समेत प्रयोग गर्न नुहने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विज्ञहरुका अनुसार बच्चाहरुलाई तितो स्वादका परिकार समेत खुवाने गर्नुपर्दछ । जसले, दाँतलाई बलियो र स्वस्थ राख्नुका साथै मोटोपन समेत रोक्ने विज्ञहरुको सुझाव छ । प्रतिवेदनले सम्बन्धित निकाय वा सरकारले बच्चाहरुको खानेकुरालाई गुलियो रहित बनाउनेपर्नेमा पनि जोड दिएको छ ।अध्ययनले गुलियो पेय पदार्थ समेत बालकलाई दिन नहुने बताएको छ । बरु, बालकलाई प्राकृतिक रुपमा पाइने ताजा फलफुल, दुध तथा गुलियो नमिसाइएका दुग्ध पदार्थ दिन सकिने प्रतिवेदनको सुझाव छ ।

अनुसन्धानमा संलग्न प्रोफेसर म्यारी फिउट्रेलका अनुसार, यदि बालबालिहरुलाई फरक–फरक स्वाद चाख्नको लागि मौका दिइयो भने उनिहरु अत्यन्तै उत्सुक हुन्छन् । त्यसैले प्रो. म्यारी भन्छिन्, ‘बालबालिकालाई सानो उमेरदेखि नै साग तथा ब्रोकाउली जस्ता तरकारीको पनि स्वाद चखाउने गर्नुपर्दछ ।’ साथै गुलियोले पार्ने प्रभावको बारेमा कुनैपनि अभिभावक सचेत रहनुपर्दछ ।
हाम्रो दाँत कमजोर बन्दै जानुमा अत्यधिक गुलियोको प्रयोग प्रमुख कारण रहेको विज्ञहरुको दाबी छ ।

त्यसैले बच्चाहरुलाई गुलियोतिर होइन तरकारी आकर्षित गर्नुहोस् ।


क्याटेगोरी : टिप्स, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ