२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द

नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द


विश्वमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ स्ट्रेन ओमिक्रोनलाई लिएर सबै चिन्तित छन्। यसैबीच नेदरल्याण्ड सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ।

डच सरकारले लगाएको राष्ट्रव्यापी लकडाउनले युरोपभरका राष्ट्रहरूलाई द्रुत रूपमा फैलिरहेको ओमिक्रोन प्रजाति र कोरोनाभाइरसको आगामी लहर रोक्न कडा उपायहरू पुन: लागू गर्न प्रेरित गरेको छ।

कार्यवाहक प्रधानमन्त्री मार्क रुटले भोलिदेखि पुन: लकडाउन हुने प्रधानमन्त्री रुटके जानकारी दिएका हुन् । स्कूल, विश्वविद्यालय र सबै गैर-आवश्यक स्टोरहरू, बारहरू र रेष्टुरेन्टहरू जनवरी १४ सम्म बन्द रहने उनले बताएका छन्।

क्रिसमस र नयाँ वर्षको लागि चार जना पाहुनालाई मात्र अनुमति दिइनेछ। अन्य दिनमा दुई जनालाई मात्र अनुमति दिइनेछ।

ओमिक्रोनका कारणले गर्दा पाँचौं लहरका आउँन सक्ने हुँदा  यो कदम चालिएको छ। डच सरकारले घोषणा गर्नु अघि फ्रान्स, साइप्रस र अस्ट्रियामा यात्रा प्रतिबन्धहरू कडा गरेको छ।

पेरिसले आफ्नो नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी रद्द गर्यो। डेनमार्कले थिएटर, कन्सर्ट हल, मनोरञ्जन पार्क र संग्रहालयहरू बन्द गर्यो। आयरल्याण्डले ८ बजे पछि पब र बारहरूलाई खोल्न अनुमति दिएको छैन ।

यसै सन्दर्भलाई लिएर एक वरिष्ठ बेलायती वैज्ञानिकले यदि बेलायतमा जाडोमा लकडाउन लागु नगरिए देशमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ४ हजार पुग्न सक्ने बताएका छन् । बेलायतमा, एक दिन भित्र ओमिक्रोनबाट संक्रमित हुने संख्या १० हजारले बढेको छ।

यससंगै ओमिक्रोन संक्रमितको संख्या २५ हजार पुगेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ