२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ अशक्तको घरमा पुगेर स्वाब संकलन गर्दै विराटनगर महानगर

अशक्तको घरमा पुगेर स्वाब संकलन गर्दै विराटनगर महानगर


विराटनगर—समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि विराटनगर महानगरपालिका भित्र ज्येष्ठ नागरिक र अशक्तहरूको घरमा पुगेर स्वाब संकलन गर्न थालिएको छ ।

हिडडुल गर्न नसक्ने र दीर्घ रोगका बिरामीहरूको उपचारमा समस्या हुन थालेपछि कोरोना परीक्षणको लागि शंकास्पद व्यक्तिहरूको घरमा पुगेर विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीहरूको टिमले स्वाब संकलन गर्न शनिबारदेखि सुरू गरेको हो ।

विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीको प्रत्यक्ष निगरानीमा स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको टिमले कोरोना परीक्षणको लागि वृद्धा र अशक्तहरूको स्वाब संकलन गरिहेको छ । पहिलो दिन १६ जना ज्येष्ठ नागरिक र अशक्तहरूको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य ल्याब विराटनगर पठाएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

‘कन्टयाक टे«सिङ र हिडडुलमा समस्या हुने ज्येष्ठ नागरिकहरूको अहिले महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन लिन सुरू गरेको छ,’ उनले भने, ‘आवश्यकताअनुसार यो क्रममा विराटनगरका सबै वडा भित्रमा सुरू हुनेछ ।’

आइतबार विराटनगर ३ र १० नम्बर वडामा रहेको मानव सेवा आश्रमका जेष्ठ नागरिकहरूको स्वाब लिने तयारी गरिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । मानव सेवा आश्रमका तीन जना ज्येष्ठ नागरिकलाई संक्रमण पुष्टि भएको छ । उनीहरूको कन्टयाक टे«सिङ र आश्रममा रहेका सबै ज्यष्ठ नागरिकको स्वाब संकलन गरेर परीक्षणमा पठाइने महानगरपालिकाले तयारी गरेको छ । आश्रममा ७६ जना ज्येष्ठ नागरिक छन् ।

अहिले बिरामी भएर अस्पताल जानेहरूलाई उपचार गर्नुभन्दा अगाडि अस्पतालहरुले पीसीआर रिपोर्ट माग्ने गरेका छन् । ज्येष्ठ नागरिक, दीर्घरोगका बिरामी र अशक्तहरूलाई स्वाब दिन विराटनगर स्थित जैन भवनसम्म पुग्न असहज हुने गर्दछ । उनीहरूको लागि महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन गर्न थालेका हुन् । संकलन भएको स्वाब ‘इरिक्सा मोवाइल भ्यान’ मा राखेर ल्याबमा पठाइन्छ ।

अहिले महानगरपाकिाले स्वाब संकलन गर्ने जैन भवनमा मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको छ । एउटा टिमले दुई साता स्वाब संकल गरेर परीक्षणमा पठाएपछि अर्को टिमले काम गर्नेछ । स्वाब संकलन गर्ने पहिलो टिम एक साता क्वारेन्टिनमा बसेपछि पुनः काममा फर्किन्छन् । शुक्रबारसम्म विराटनगर महानगरपालिका भित्र १ हजार ५ सय ८४ जना संक्रमित भएका छन् । जसमध्ये ५ सय ८४ जना निका भएर डिस्चार्ज भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ