२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ पोर्चुगलमा फाइजरको खोप लगाएको दुईदिन पछि स्वास्थ्यकर्मीको मृत्यु

पोर्चुगलमा फाइजरको खोप लगाएको दुईदिन पछि स्वास्थ्यकर्मीको मृत्यु


कोरोना भाइरसलाई हराउन बनेको फ़ाइजरको भ्याक्सिन लगाउने एक महिलाको मृत्यु भएको छ। ४१ वर्षीया उक्त महिला पेसाले स्वास्थ्य कर्मचारी थिइन।

डेलीमेलको रिपोर्टअनुसार मृतकको नाम सोनिया एसेवेदो हो।भ्याक्सिन लगाएको ४८ घन्टापछि अंग्रेजी नयाँ वर्षको दिन उनको घरमा अचनाक मृत्यु भएको थियो।

पोर्चुगीज इन्सीट्यूट अफ ओन्कोलोजीकोको पोर्टोमा पीडियाट्रिक्स विभागमा काम गर्ने उनी भ्याक्सिन लगाएपछि कुनैप्रकारको स्वास्थ्य समस्या देखिएको थिएन। एसेवेदोका बुबा अबिलियो एसेवेदोले पोर्चुगली दैनिक कोरेरियोका डा. मनहालाई भने, ‘उनी सकुशल थिइन। उनमा कुनै स्वास्थ्य समस्या थिएन।’

उनले मृतक छोरीमा कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन्। ‘मलाई थाहाँ छैन यो किन भयो तर मलाई जबाफ चाहिन्छ। मलाई जान्नु छ मेरो छोरीको मृत्युको कारण ‘ ,उनले भने।

अस्पतालले ३० डीशेम्बरमा उनले भ्याक्सिन लगाएको पुष्टि गरेको छ। त्यो बाहेक सो केसको अस्पतालले कुनै प्रकारको बयान दिएको छैन।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ