२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ कलेजका संचालकहरुले चिकित्सा आयोगलाई बुझाए चावी

नर्सिङ कलेजका संचालकहरुले चिकित्सा आयोगलाई बुझाए चावी


काठमाडौँ – नर्सिङ तथा पारामेडिक्स अध्यापन गराउने कलेज संचालकहरुले चिकित्सा शिक्षा आयोगलाई कलेजको चावी बुझाएका छन्। मंगलबार कलेजका संचालकहरुले निजी मेडिकल कलेजहरु बन्द गराउने आयोगको रणनीति भएको भन्दै चावी बुझाएका हुन्।

विद्यार्थीको शुल्क तथा सिट निर्धारणको निर्णयदेखि प्रवेश परीक्षा समेत आयोगले लिने तर परीक्षामा विद्यार्थीलाई उत्तीर्ण नगराएर आयोगले नीजि शिक्षण संस्था बन्द गराउन षड्यन्त्र रचेकोले चावी बुझाउन बाध्य भएको उनीहरुको भनाई छ ।

उनीहरुले आयोगलाई प्रवेश परीक्षामा ३५ प्रतिशत उत्तिर्ण ल्याएका विद्यार्थीलाई योग्यताक्रम मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । तर, त्यसको सुनुवाई नभएपछि उनीहरुले चावी बुझाएका हुन्।

यस्तै, कलेजका संचालकहरुले सोमबार पत्रकार सम्मेलन गरी आयोगलाई एकिकृत प्रवेश परीक्षाको नतिजालाई पुन:र्विचार नगरेमा कलेजको चावी बुझाउने धम्की समेत दिएका थिए । सरकारले पोखरा, पूर्वाञ्चल, काठमाडौँ र त्रिभुवन विश्वविद्यालयका सबैको मिलाएर औसत रुपमा उत्तिर्ण प्राप्तांक निकाल्नुपर्ने उनीहरुको जोड थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ