गृहपृष्ठ ∕ अन्य ∕ एकाग्रता बढाउन नियमित गर्नुहोस् वृक्षासन एकाग्रता बढाउन नियमित गर्नुहोस् वृक्षासन हेल्थ आवाज मंगलबार, २०७८ भदौ २९ गते, ०५:२९ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य