२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलवस्तुमा फैलिएको झाडापखालाबाट संक्रमित ८८५ जनामध्ये ८१९ जना निको भए

कपिलवस्तुमा फैलिएको झाडापखालाबाट संक्रमित ८८५ जनामध्ये ८१९ जना निको भए


काठमाडौं—कपिलवस्तुको कृष्णनगर नगरपालिका फैलिएको झाडापखाला र बान्ताबाट बिरामी परेका ८ सय ८५ जनामध्ये ८ सय १९ जना निको भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो ।

मन्त्रालयकाअनुसार २५ जना बिरामीको भने उपचार जारी रहेको छ । यस्तै, सो स्थानबाट कपिलवस्तु जिल्ला अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएका ४० जना बिरामी पनि निको भएर डिस्चार्ज भइसकेका छन् ।

हालसम्म उक्त झाडापखाला र वान्ताका कारण चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४५ वर्षीय एक जना पुरुषको घरमै मृत्यु भएको हो । यस्तै, ७ वर्षीय बालकको निजी क्लिनिकमा, ५ वर्षीया बालिका र २ वर्षीय बालकको उपचारका लागि अस्पताल ल्याउँदैं गर्दा मृत्यु भएको हो ।

मन्त्रालयकाअनुसार १८ असोजदेखि झाडापखाला फैलिएको कृष्णनगर ७, ८ र ९ वडामा प्रतिकार्यको काम जारी रहेको छ । जसमा स्थानीय, प्रदेश र संघीय सरकारका साथै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लगायतका साझेदार संघसंस्थाहरुले समन्वयमा काम गरिरहेका छन् ।

उक्त क्षेत्रबाट डब्लूएचओको समन्वयमा विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र लुम्बिनी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको छ । जसमा ४ जनाको दिसामा भिबिरियो कोलेरा ०१ अगवा पाइएको छ । यस्तै, अन्य खानेपानीका १५ वटा नमुनामध्ये ९ वटामा इ—कोली ब्याक्टेरिया पाइएको छ ।

मन्त्रालयले सरसफाइमा ध्यान दिन, पानी उमालेर खान र साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ