२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo

WordPress database error: [Disk full (/tmp/#sql_75c0_1.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `ha_postmeta`

गृहपृष्ठअन्यकोभिडबाट १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गयो, खोपको प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राख्नु :  डब्लुएचओ

कोभिडबाट १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गयो, खोपको प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राख्नु :  डब्लुएचओ


काठमाडौँ – विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरुद्ध खोपको प्राथमिकतामा राख्न अनुरोध गरेको छ। कोभिड-१९ महामारीमा लाखौँ स्वास्थ्यकर्मीको ज्यान गएको भन्दै संगठनले खोपको  प्राथमिकतामा राख्न अनुरोध गरेको हो

जनवरी, २०२० र मे २०२१ बीच कोभिडबाट १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्युको अनुमान गरिएको संगठनको भनाइ छ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस आधनाम गेहब्रेयससले बिहीबार पत्रकार सम्मेलनमा भने,’सम्पूर्ण स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकतामा राख्नुपर्ने छ। ११९ देशको तथ्यांक हेर्दा विश्वस्तर औसतमा ५ मध्ये २ जनाले स्वास्थ्यकर्मीले मात्र पूर्ण खोप प्राप्त गरेको पाइएको छ। ठाउँ-ठाउँमा विभिन्न आर्थिक समूहमा एक ठुलो अन्तर देखिएको छ ।’

‘हामी स्वास्थ्यकर्मीहरुमा कत्तिको भरोसा गर्छौं भन्ने यो महामारी एउटा प्रमाण बनेको छ। हाम्रो रक्षा गर्ने स्वास्थ्यकर्मी नै असुरक्षित् भए भने हामी झन् कति कमजोर हुन्छौं,’उनले भने ।

संगठनले विश्वभरका देशहरुलाई आफ्नो स्वास्थ्यकर्मीको स्वास्थ्यलाई मध्यनजर गरी उनीहरुको खोप लगाउने व्यवस्था सुनिश्चित गर्न आह्वान गरेको छ।  पटक-पटक कोभिड-खोपमा राजनीति नगरी समान वितरण गर्न संगठनले अनुरोध गर्दै आएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ