२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ लागु औषध उपचार तथा पुनर्स्थापना केन्द्रमा आवद्ध संघसंस्थालाई अनुदानका लागि आवेदन माग

लागु औषध उपचार तथा पुनर्स्थापना केन्द्रमा आवद्ध संघसंस्थालाई अनुदानका लागि आवेदन माग


काठमाडौँ -गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाले लागु औषध प्रयोगकर्ताका लागि उपचार तथा पुनर्स्थापना केन्द्रमा आवद्ध संघसंस्थालाई  अनुदानका लागि आवेदन माग गरेको छ। शाखाले मंगलबार सूचना जारी गर्दै चालु आव ७८/७९ अनुदान प्रदान गर्ने कार्यक्रम रहेको हुँदा लागु औषध तथा पुनर्स्थापना केन्द्रमा आवद्ध संघसंस्था/निकायलाई अनुदानका लागि आवेदन माग गरेको हो।

इच्छुक संस्थाले ‘लागु औषध उपचार तथा पुनर्स्थापना केन्द्रलाई प्रदान गरिने अनदुान वितरण कार्यविधि २०७७’को अनुसूची १ बमोजिम ढाँचामा आवश्यक कागजातहरु सहित आवेदन पेस गर्न लागू औषध नियन्त्रण शाखाले अनुरोध गरेको छ। आवेदन सूचना प्रकाशित भएको १५ दिन भित्र बुझाइसक्नु पर्नेछ।

कार्यविधि


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ