२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१९ लाख ६५ हजार मोडर्नाको खोप काठमाडौं आइपुग्यो, ४ पुसदेखि यी जिल्लाबाट दिइने

१९ लाख ६५ हजार मोडर्नाको खोप काठमाडौं आइपुग्यो, ४ पुसदेखि यी जिल्लाबाट दिइने


काठमाडौं—कोभिड—१९ विरुद्धको १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको उक्त खोप आइतबार विहान कतार एयरबेजमार्फत काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाअनुसार कोभ्याक्स सुविधाअन्तर्गत मोडर्ना खोपको यो तेस्रो खेप हो । यसअघि अघिल्लो साताको शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप आएको थियो भने गत बिहीबार १४ लाख ९८ हजार ६ सय डोज मोडर्ना खोप नेपाल पुगेको थियो ।

सरकारले मोडर्नाको यो खोप ४ पुसदेखि १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने योजना बनाएको छ ।


स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालकाअनुसार ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ । ‘४ पुसदेखि देशका ५७ जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्षसम्मकालाई कोभिड—१९ विरुद्धको मोर्डनाको खोप दिइनेछ,’ दाहालले हेल्थआवाजसँग भने ।

उनकाअनुसार यसअघि फाइजर खोप दिइएका २४ अस्पताल रहेका जिल्ला र सिन्धुली बाहेकका ५७ जिल्लाका विद्यालयमा खोप केन्द्र राखेर मोर्डना खोप दिइनेछ ।

४ पुसबाट यी जिल्लाबाट दिइनेछ खोप

इलाम
पाँचथर
ताप्लेजुङ
भोजपुर
धनकुटा
तेह्रथुम
संखुवासभा
सिराहा
खोटाङ
ओखलढुङ्गा
सोलुखुम्बु
महोत्तरी
सर्लाही
रामेछाप
दोलखा
बारा
रौतहट
धादिङ
नुवाकोट
रसुवा
सिन्धुपलाञ्चोक
मकवानपुर
गोर्खा
लमजुङ्
स्याङ्जा
तनहुँ
मनाङ
कपिलवस्तु
नवलपरासी
अर्घाखाँची
गुल्मी
पाल्पा
म्याग्दी
पर्वत
मुस्ताङ
प्युठान
रोल्पा
रुकुम
सल्यान
बर्दिया
दैलेख
जाजरकोट
डोल्पा हुम्ला
जुम्ला
कालीकोट
मुगु
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
बैतडी
दार्चुला


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ