२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा संक्रमण पुन: वृद्धि हुँदै, एकैदिन ३हजार ७५ जनामा कोभिड पुष्टि

नेपालमा संक्रमण पुन: वृद्धि हुँदै, एकैदिन ३हजार ७५ जनामा कोभिड पुष्टि


काठमाडौं— भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमण संख्यामा दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ३८ हजार ३ सय ७५ पुगेको छ । दैनिक दुई सयको हाराहारीमा देखिने गरेको संक्रमितको संख्या केहि दिनयता निरन्तर वृद्धि भैरहेको छ। सय निकट झरिसकेको कोभिड संक्रमण पछिल्ला तीन दिन यता निरन्तर उकालो लाग्दो क्रममा छ ।

यो साता त संक्रमण झनै बढेको तथ्यांकले देखाएको छ। आइतबार १ हजार १ सय ६७ र सोमबार १ हजार ४ सय ४६ जनामा कोभिड संक्रमण देखिएको थियो भने मंगलबार बढेर २ हजार ४ सय ४४ जनामा कोभिड-१९ संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार बुधबार २७८ जना कोभिड-१९ संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ४ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ