२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२४ नमुनाको जीन सिक्वेन्सिङमा २१ वटामा ओमिक्रोन, ३ वटामा डेल्टा भेरियन्ट पुष्टि

२४ नमुनाको जीन सिक्वेन्सिङमा २१ वटामा ओमिक्रोन, ३ वटामा डेल्टा भेरियन्ट पुष्टि


काठमाडौं—नेपालमा २४ जनाको जीन सिक्वेन्सिङ गर्दा २१ जनामा संक्रामक ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले उक्त जानकारी दिएकी हुन् ।

उनकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको जीन सिक्वेन्सिङ गरिएको थियो ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ वटा नमुनाको जीन सिक्वेन्सिङ गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ,’ उनले भनिन्, ‘यस जीन सिक्वेन्सिङको रिपोर्टले ओमिक्रोन भेरियन्ट नेपालको हरेक प्रदेशमा रहेको पुष्टि हुन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ