काठमाडौं – प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौडाले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। आयोगले सोमबार विभिन्न पदहरुमा दरखास्त आव्हान गर्दै ४५ पदका लागि कर्मचारी माग गरेको हो।
आयोगले नवौँ तहका लागि आन्तरिक प्रतिस्पर्धा, बढुवा र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ । कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवातर्फ २८ पद, आन्तरिक प्रतिस्पर्धातर्फ ११ जना नवौ तहको अधिकृत र खुल्लातर्फ पनि नवौँ तहको ९ जना नवौँ तहको अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो ।
पेडियाट्रि मेडिसिन, जनस्वास्थ्य प्रशासक, जनरल प्याथोलोजी, जनरल सर्जरी, माईक्रोबायोलोजी, पेडियाट्रि मेडिसिन, जनरल मेडिसिन, अर्थोपेडिक सर्जरी, साइकियाट्री लगायतका पदहरुका लागि कर्मचारी माग गरिएको छ।

