२०८२ असार ८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउने उच्च अदालत पाटनको फैसला

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउने उच्च अदालत पाटनको फैसला


काठमाडौं—उच्च अदालत पाटनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नवजात शिशु रिहानको उपचारमा लापरवाही गरेको भन्दैं ३५ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । सोमबार २ वर्षपछि सन्जीवचन्द्र न्यौपानेले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतका न्यायाधीस सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन्।

२७ फागुन २०७६ मा सन्जीवले छोरा रिहानको उपचारमा संलग्न चिकित्सक, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र मेडिकल काउन्सिल विरुद्ध उच्च अदालत पाटनमा मुद्धा हालेका थिए ।

रिहानका बुवा सन्जीव र आमा एकता घिमिरे सुरुमा ग्राण्डीले रिहानको उपचार लापरवाही गरेको भन्दैं मेडिकल काउन्सिलमा पुगेका थिए । काउन्सिलले घटनामाथि अनुसन्धान गर्दै उपचारमा संलग्न चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । काउन्सिलको उक्त निर्णयपछि उनीहरु अदालत गएका थिए ।

१२ असारमा ०७५ मा एकताले ग्राण्डी अस्पतालमा शल्यक्रियाबाट रिहानलाई जन्म दिएकी थिइन् । जन्मने बितिकै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एनआईसीयुमा राखिएको थियो । उपचारकै क्रममा रिहानमा ब्याक्टेरियाको गम्भीर संक्रमण देखिएको थियो ।

अस्पतालले रिहानको टाउकोको ५ पटक शल्यक्रिया गरिएको थियो  । यसक्रममा, उनलाई झण्डै १० महिना अस्पतालमा राखेर उपचार गरिएको थियो । तर, अन्तिममा रिहान निको नहुने थाहा पाएपछि सन्जीव र एकताले बच्चाको डिस्चार्ज लिएका थिए । त्यसपछि उनीहरुले ग्राण्डी विरुद्ध कानुनी लडाइ सुरु गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ