२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोबाइल प्रेमले निम्त्याउन सक्ने १० समस्या

मोबाइल प्रेमले निम्त्याउन सक्ने १० समस्या


वर्तमान युगलाई वैज्ञानिक उपकरणद्वारा प्रकृतिमाथि नै सफलता हासिल गरेको युग मानिन्छ । विज्ञानका विभिन्न अविष्कारसँगै सिर्जित भएका विभिन्न उपकरणहरुमध्ये मोबाइल फोन पनि एक हो । पछिल्लो समयमा ह्वात्तै बढेको प्रयोगकर्ताको संख्याले मोबाइल मानव जीवनकै अभिन्न पाटो बनिसकेको छ । सबै उमेर समूहले उत्तिकै रुचाएको यो उपकरणबाट मनोरञ्जनका साथसाथै अन्य विभिन्न कामहरु सम्पादन गर्न सकिन्छ ।

अब प्रश्न उठ्छ ? के मानव जीवनमा मोबाइल फोनका फाइदामात्रै छन् ? मोबाइल फोनको प्रयोगले हाम्रो मानव जीवनलाई जतिसुकै सहज बनाएतापनि वैज्ञानिकहरुले यसको प्रयोग मानव जीवनका निमित्त शारीरिक तथा मानसिक दुवै रुपमा हानिकारक रहेको बताएका छन् । आखिर कसरी?

समकालीन समाजको अवस्था जीवनलाई कसरी सहजीकरण गर्ने भन्नेतर्फ मात्रै केन्द्रित रहेको पाइन्छ । यसैकारण हामी स्वयम्लाई भन्दा पनि बढी महत्व मोबाइल फोनलाई दिने गरेका छौं । लगातार प्रयोगबाट हामीले यसका कारण हाम्रो शरीरमा देखा परेको असर बारेमा पनि थाहा पाउदैनौं । तर, कालान्तरमा पछि गएर ती समस्याहरुले उच्च रुप लिएपश्चात् मात्रै हामी ती समस्याहरुलाई महसुस गर्न थाल्दछांै ।

समस्या र निराकरणका उपाय

१. घाँटीको समस्या

के तपाईंले दिनभरको क्रियाकलापपछि राती सुत्दा घाँटीको पछिल्लो भागमा दुखाइको महसुस गर्नुभएको छ? यदि छ भने तपाईंलाई ‘नेक सिन्ड्रोम’ भएको हुन सक्छ । हामी मोबाइल फोन चलाई रहँदा लगातार निहुरी रहेका हुन्छौं । जसबाट यसले हाम्रो घाँटीमा रहेको पछिल्लो भागमा रहेको हाड यताउता नभई एकैनासले एकै टाउँमा मात्रै रहिरहने हुन्छ । यसले व्यक्तिको पछिल्लो भागमा दुखाइको पैदा गराउने गर्छ । र, यति मात्र नभई कालान्तारमा गएर व्यक्तिमा यसै कारणले गर्दा कुप्रोपनको समस्या पनि देखा पर्न सक्छ । त्यसकारण हामीले मोबाइल चलाउदा सकेसम्म निहुरिएर चलाउनु हुँदैन ।

२. काँध दुखाइ

अत्याधिक मोबाइल फोनको कारणले गर्दा जसरी हामीलाई नेक सिन्ड्रोमको समस्या देखा पर्दछ, त्यसरी नै यसले हाम्रो शरीरको काँधमा समस्या पैदा गर्ने हुन्छ । सामान्यतयाः मोबाइल हातमा लिएर कानमा राख्दा शरीरमा खासै प्रभाव तुल्याउने जस्तो नदेखिएतापनि यसले हाम्रो शरीरको सामान्य अवस्थाको पोजिसन बिगार्ने हुँदा काँधमा दुखाइको समस्या देखिन जान्छ ।

३. म्यासेज तथा स्क्रोलिङबाट आथ्रिटिसको भय

आवश्यक समयमा मात्रै नभई काम नभएको समयमा पनि लगातार मोबाइल फोनको प्रयोग गरिरहन्छाैं । केही काम नहुँदा पनि मोबाइलमा स्क्रोलिङ र म्यासेज मात्रै गरिरहने गर्छाै । मोबाइल फोनमा यस्ता गतिविधि गरिरहँदा कमैले सोचेका हुन्छन्, यसबाट उनीहरुलाई आथ्रिटिसको सम्भावना हुन्छ भनेर । आथ्रिटिस भन्नाले लगातार मोबाइल हातले चलाइ रहने क्रममा हातको पञ्जाको पछाडिको भागको हाडहरु बाङ्गिने र फलस्वरुपः हातमा असामान्य रुपमा डल्लाहरु देखा परी दुख्ने सम्भावना उच्च रहन्छ । त्यसैले हामीले मोबाइल फोनको प्रयोग आवश्यक भएमा मात्रै गर्नुपर्दछ ।

४. ‘क्युबिटल टनेल सिन्ड्रोम’को सम्भावना

लगातार मोबाइल फोनको प्रयोगले निम्त्याउँन सक्ने अर्काे समस्यामध्ये ‘क्युबिटल टनेल सिन्ड्रोम’ पनि एक हो । ‘क्युबिटल टनेल सिन्ड्रोम’ भन्नाले शरीरको कुहिना सम्बन्धि समस्या भन्ने जनाउँछ । एकैनासले मोबाइल प्रयोग गरिरहँदा यसले माथिका अन्य सिन्ड्रोमजस्तै यसले कुहिना सम्बन्धि पनि समस्या पैदा गर्दछ । जसबाट हात सिधा गर्नमा समस्या पर्ने हुन्छ ।

५. आँखाको द्रव्य दृष्टिमा ह्रास

प्रायजसोः सबै व्यक्तिहरुले आफ्नो रातीको खानापश्चात्, ओछ्यानमा गएर मोबाइलको प्रयोग गर्ने गर्दछौं । राति बत्ती सबै निभाएपछि हामी मोबाइलको प्रयोग गर्ने गर्दछौ । त्यसबेला मोबाइलमा प्रयोग गरिएको लाइटको कारण ब्यक्तिको आँखामा क्षति पुग्न गई यसले आँखाको द्रव्य दृष्टिमा ह्रास समेत ल्याउने हुन्छ ।

६. निन्द्रामा समस्या

धेरैले इन्सोमेनियाको बारेमा सुनेका छौं । हो, अत्याधिक मोबाइल फोनको प्रयोगले पार्ने अर्को प्रभावमध्ये ‘इन्सोमेनिया’ पनि एक हो । इनसोमेनिया भन्नाले निन्द्रा नलाग्ने समस्या भन्ने बुझाउँछ । राती आउने फोन र म्यासेजबाहेक मोबाइलमा भएको निलो रंगको लाइटले पनि निन्द्रा बिगार्ने हुन्छ । प्रत्येक मोबाइल फोनमा ब्लु लाइटको प्रयोग गरिएको हुन्छ । मोबाइल हेर्दा उक्त मोबाइल फोनको ब्लू लाइट आँखाको माध्यमबाट दिमागसम्म जाने हुन्छ । र, यसले हाम्रो निन्द्राको स्नायुलाई असर पारी निन्द्रा नलाग्ने हुन्छ ।

७. ¥याल ग्रन्थीको क्यान्सरको खतरा

मोबाइल फोनको उच्च प्रयोकका कारण यसले ¥याल ग्रन्थीको क्यान्सर ल्याउने कुरा अझै पनि विवास्पद भएतापनि कतिपय अनुसन्धानले भने अत्याधिक मोबाइल फोनको प्रयोगबाट ¥याल ग्रन्थीको क्यान्सरको सम्भावना भने उच्च गराउने पुष्टि भइसकेको छ । यसबारे पर्याप्त अध्ययन भै नसकेतापनि सेलफोनले उत्सर्जित रेडियो तरंगहरुका कारण क्यान्सर निम्त्याउँछ भन्ने कुराको विश्वास भने धेरैले गर्न थालिसेका छन् । तसर्थ हामीले यसो नहोस् भन्नाका लागिसेलफोनको प्रयोग गर्दा लाउड स्पिकरको प्रयोग गर्न सक्छौ ।

८. मस्तिष्कमा आघात

सेलफोनको प्रयोगबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि निम्त्याउन सक्ने सम्भावना उत्तिकै रहन्छ । प्रायजसोः किशोर किशोरीहरुलाई यस्तो समस्या बढी देखा पर्ने हुन्छ । अन्य उमेर समूहभन्दा यी समूहले मोबाइलको प्रयोग धेरै गर्ने भएकोले यी समूहलाई यस्ता मानसिक सम्बन्धि समस्याहरु धेरै देखा पर्ने हुन्छ । जसमा मुड एकनासको नरहने, झनक्क रिस उठ्ने र आत्मबल तथा आत्मविश्वासमा कमी आउने हुन्छ । जसबाट उनीहरुमा डिप्रेसनको समभावना पनि उत्तिकै रहन्छ ।

९. असामाजिक तथा एक्लोपनमा रमाउने

मोबाइल फोनको अत्याधिक प्रयोगको कारण यसले व्यक्तिलाई असामाजिक बनाउने कुरामा दुईमत देखिदैन । अहिलेका अधिकांश व्यक्तिहरु आफ्नो नातागोता तथा घरपरिवारलाई भन्दा बढी महत्व मोबाइललाई नै दिन थालेको देखिन्छ । उनीहरु आफ्नो हाँसो तथा आँशुको भाव पनि मोबाइल फोनमा नै सेयर गर्न रुचाउने भएका छन् । जसकारण उनीहरुले आफ्नै अगाडि भएको सम्बन्धमा पुर्णविराम लगाई अत्याधिक लगाव मोबाइल प्रति बढाइ रहेको देखिन्छ ।
मोबाइल फोनबाट नै हरेक कामदेखि मनोरञ्जनसम्म प्राप्त गर्ने हुँदा मानिसहरु यसले व्यक्तिलाई असामाजिक सँगसँगै एक्लोपनमा रमाउने बानीको पनि विकास गराउँदै लगेको देखिन्छ । जुन कालान्तारमा गएर सामाजिक प्राणी भनेर चिनिने हामी मानव जीवनको अस्तित्व माथि नै प्रश्न चिन्ह उठ्न सक्ने सम्भावना देखिन्छ ।

१०. दुर्घटना निम्त्याउन सक्ने

हामी बाटोमा हिड्दा पनि मोबाइलको प्रयोग गरिरहेको हुन्छौं । यस्तै हामी मध्ये केहीले भोगेको पनि होला मोबाइलमा भएको अति व्यस्तताका कारण विभिन्न कामहरु बिग्री रहेको हुन्छ । मोबाइल फोनमा हुने अति व्यस्तताका कारण यसले सडक दुर्घटनादेखि अन्य किसिमका दुर्घटना पनि निम्त्याउने गरेको पाइन्छ । यसो हुन नदिन हामीले मोबाइलको प्रयोग उचित मात्रामा गर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ