गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवन पनि निर्माण गरिदैं सुनील सापकोटा शुक्रबार, २०८१ भदौ १४ गते, १०:१९ मा प्रकाशित पोखरा— पोखराको गण्डकी मेडिकल कलेजले ७५० शैय्याको विशिष्टीकृत अस्पताल बनाउने भएको छ । पोखराको रिठेपानीमा बन्ने साढे ७५० शैय्याको अस्पताल बनाउन करिब ३ अर्ब लगानी लाग्ने बताइएको छ । १२ भदौंमा अस्पताल भवनको अस्पतालका अध्यक्ष खुमा अर्यालले शिलान्यास गरेका हुन् । पोखरा नयाँबजारमा बिरामीको चाप बढेपछि साँघुरो भएकाले साढे ४ लाख ५० हजार वर्ग फिटमा क्षेत्रफलमा अस्पताल बनाउन लागिएको हो । अहिले चलिरहेको अस्पताल सिटी अस्पतालका रुपमा रहने डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । यसैगरी, गण्डकी मेडिकल कलेजले पोखरा—२७ छत्रेढुंगामा शैक्षिक कार्यक्रम स्थानान्तरण गर्न १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवनको पनि निर्माण गर्न लागेको छ । १ लाख १४ हजार वर्ग फिट क्षेत्रफलमा बनाइने उक्त भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०६४ सालमा स्थापित जिएमसीबाट एमबीबीएस/बिडिएसतर्फ करिब साढे ६ सय र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ १ सयभन्दा बढीले पास आउट भइसकेका छन् । एमडी/एमएस तथा एमपिएचतर्फ ५० जना पास आउट भइसकेको मेडिकल कलेजले जनाएको छ । अस्पतालले करिब १२ सय जनालाई रोजगारी प्रदान गरेको छ । गण्डकीका संचालक खुमाले भैरहवामा युनिभर्सल मेडिकल कलेज चलाइरहेका छन् भने नेपालगन्ज मेडिकल कलेजमा उनको लगानी छ । अर्यालले दाङमा पनि अस्पताल बनाइरहेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्