गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवन पनि निर्माण गरिदैं सुनील सापकोटा शुक्रबार, २०८१ भदौ १४ गते, १०:१९ मा प्रकाशित पोखरा— पोखराको गण्डकी मेडिकल कलेजले ७५० शैय्याको विशिष्टीकृत अस्पताल बनाउने भएको छ । पोखराको रिठेपानीमा बन्ने साढे ७५० शैय्याको अस्पताल बनाउन करिब ३ अर्ब लगानी लाग्ने बताइएको छ । १२ भदौंमा अस्पताल भवनको अस्पतालका अध्यक्ष खुमा अर्यालले शिलान्यास गरेका हुन् । पोखरा नयाँबजारमा बिरामीको चाप बढेपछि साँघुरो भएकाले साढे ४ लाख ५० हजार वर्ग फिटमा क्षेत्रफलमा अस्पताल बनाउन लागिएको हो । अहिले चलिरहेको अस्पताल सिटी अस्पतालका रुपमा रहने डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । यसैगरी, गण्डकी मेडिकल कलेजले पोखरा—२७ छत्रेढुंगामा शैक्षिक कार्यक्रम स्थानान्तरण गर्न १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवनको पनि निर्माण गर्न लागेको छ । १ लाख १४ हजार वर्ग फिट क्षेत्रफलमा बनाइने उक्त भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०६४ सालमा स्थापित जिएमसीबाट एमबीबीएस/बिडिएसतर्फ करिब साढे ६ सय र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ १ सयभन्दा बढीले पास आउट भइसकेका छन् । एमडी/एमएस तथा एमपिएचतर्फ ५० जना पास आउट भइसकेको मेडिकल कलेजले जनाएको छ । अस्पतालले करिब १२ सय जनालाई रोजगारी प्रदान गरेको छ । गण्डकीका संचालक खुमाले भैरहवामा युनिभर्सल मेडिकल कलेज चलाइरहेका छन् भने नेपालगन्ज मेडिकल कलेजमा उनको लगानी छ । अर्यालले दाङमा पनि अस्पताल बनाइरहेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त