२०८२ फागुन २९, शुक्रबार
Health Aawaj logo

WordPress database error: [Disk full (/tmp/#sql_4cf_7.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `ha_postmeta`

गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अन्य अतिथीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, गण्डकी विश्वविद्यालयका कुलपति, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्व उपकुलपतिद्वय प्रा.डा. बुद्धिबहादुर थापा र प्रा.डा. डुकबहादुर क्षेत्री, अस्पताल व्यवस्था समितिका पूर्व अध्यक्ष तथा मेसु रहेका थिए ।

कार्यक्रमको अध्यक्षता उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीले गरेका थिए भने प्रतिष्ठानका गतिविधीका विषयमा डिन सह. प्रा.डा. डेविड श्रेष्ठले जानकारी दिएका थिए । यस्तै, कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथी स्वास्थ्यमन्त्री डा. गौतमले प्रतिष्ठानलाई आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिएकी थिइन् ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती दिएका थिए । यस्तै, कार्यक्रममा प्रतिष्ठानले १० औं स्थापना दिवसको अवसरमा प्रकाशित गरेको स्मारिकाको समेत बिमोचन गरिएको थियो ।

सो अवसरमा ३० वर्षदेखि निरन्तर सेवा गरेका चिकित्सक, कर्मचारी गरी २६ जनालाई दीर्घ सेवा पदकसहित प्रशंशापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट चिकित्सक, शिक्षक, नर्स, कार्यलय, सहयोगी, प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुलाई हस्पिटल स्टार, एकेडेमिक स्टार, आउटस्ट्यान्डिङ एवार्ड आदिले सम्मान गरिएको थियो । यस्तै, प्रतिष्ठानका उत्कृष्ट विभाग, एकाईसहित साझेदार तथा सहयोगी संस्थालाई पनि प्रशंशापत्रसहित सम्मान गरिएका थियो ।

प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पंगेनीले स्वागत मन्तब्य राखेको कार्यक्तम सह.प्रा.डा.विद्या बास्तोलाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ