२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु

देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु


नवलपुर—नवलपरासीको देवचुली नगरपालिका—१७ मा ट्रमा सेन्टर निर्माण कार्य सुरु भएको छ । ३० असारबाट देवचुलीमा १५ शय्याको सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण सुरु भएको हो ।

१८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको उक्त ट्रमा सेन्टर १० करोड ३० लाख रुपैयाँमा निर्माण हुनेछ । चितवनको बीबीएस जेभीले निर्माणको काम गरिरहेको छ ।

ट्रमा सेन्टरको १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफलम बन्नेछ । पूर्व पश्चिम राजमार्गमै निर्माण हुन लागेको उक्त ट्रमा सेन्टर सञ्चालनमा आएपछि धेरै ट्रमाका बिरामीहरुको ज्यान जोगिने विश्वास गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ