२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता

१०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता


काठमाडौं—पोखरास्थित १०० शय्याको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को मेडिकल निर्देशकमा डा. सरिता गुरुङ नियुक्त भएकी छन् । सोमबार अस्पताल व्यवस्थापनले ४४ वर्षीया स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गुरुङलाई मेडिकल निर्देशकमा नियुक्त गरेको हो ।

लामो समयदेखि पोखरामै सक्रिय चिकित्सक डा. गुरुङ तीन वर्षदेखि ब्रिटिस वेलफेयरमा पार्ट टाइम जागिरे थिइन् । त्यसबाहेकको बाँकी समय उनले प्राइभेट प्रायक्टिस गर्दै आएकी थिइन् ।

नवनियुक्त मेडिकल निर्देशक डा. गुरुङले आफूले अस्पतालमा मेडिकल निर्देशकका रुपमा ज्वाइन गरिसकेपछि अस्पताललाई नयाँ ढंगले अगाडि लैजाने बताइन् । ‘हामी अस्पताललाई अब सबै सेवा प्रवाह गर्ने गरी नयाँ ढंगले अगाडि लैजान्छौं,’ उनले भनिन्, ‘सिटी स्क्यानलगायतका सेवाहरु पनि थप्दैछौं ।’

पोखराकी स्थायी वासिन्दा डा. गुरुङले कलेज अफ मेडिकल साइन्सेज चितवनबाट एमबीबीएस गरेकी हुन् । उनले स्त्री तथा प्रसूति रोगमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट एमडीको अध्ययन पूरा गरेकी छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ