२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिन आउँछ अनुहारमा डन्डिफोर ? कसरी बच्ने ?

किन आउँछ अनुहारमा डन्डिफोर ? कसरी बच्ने ?


हर्मानमा अएका परिवर्तनका कारणले सिवासियस गल्याड उत्तिजत हुन्छन्। यसैले एक्ने लगायतका समस्या देखिन थाल्छन्। हेयर फिलकल्समा सवम (तैलीय पदार्थ) जम्मा भइ कमोडनको रूपमा देखापर्छ। यसले फिलकल्सके सेलहरूलाइ मारिदिन्छ।

सिवम र मृत केषिकाका कारणले अक्सिजन फोलिकल्स (कपाल वा रौँको फेद)सम्म  पुग्न पाउँदैन । यस्ते भएपछी व्याक्टिरया उत्पन्न भइ संक्रमण बढेर त्यहाँ फोहरहरू जम्मा हुनपुग्छ।

फेलिकल्समा अवरोध अएपछि सुन्निन्छ। यस्ते अवस्थामा शरीरके प्रणालीले सेतो रत्त कोषिकाहरुको संक्रमण  विरुद्ध लड्न पठाँउदछ। यसत्रममा सेते रत्त कोषिका म-यो भने त्ये पीपमा परिणत हुन्छ। यसरी भित्रभित्रै जम्मा भइ एउटा क्षेत्र नै पाक्छ। त्यही पछी डणडीफोर लगायतका घाउँखटिराको रूपमा छालाबाहीर देखा पर्दछ।

यसरी फोलीकल बन्द भएपिछ त्यो भागको छाला कडा खालको तन्तुको रूपमा विकसित हुन्छ। यसले डर्मिस लेयरको कोलाजिन र इलास्टीनलाइ क्षति पुग्छ। यसरी क्षति भएपछी छाला कमजोर हुन थाल्छ। यही बेला छालामा विभिन्न खालका खाल्टाखुल्टी (स्कार) र दागहरू देखा पर्छन। यसरी बनेको स्कारलाई कि पिक स्कार भनिन्छ। एक्ने वा डणडिफोर आउनुका धेरै कारणहरू हुन सक्छन्। जसमध्ये तनाव, कस्मेटिक प्रोडक्ट र खानपान आदि पर्दछन्।

क. तनाव

तनावले गर्दा मानव शरीरको हर्मोनमा उतार चढाव अउँछ। यसले छालामा हुने सिबम (तैलीय पदार्थ)को उत्पादन वृद्धि गरिदिन्छ। हाम्रो पुरुषहरुमा हुने हर्मोन एन्डिजिन उत्पादन गरिदिन्छ। साथै, यसले सिवासियस ग्रन्थीलाई अझ सक्रिय बनाइदिन्छ। कहिलेकाहिँ भोज वा पार्टीहरूमा जाँदा विधिपुर्वक नगरिएको मेकप र उत्तेजनाका कारणले पनि सिवासियस ग्रन्थी सत्रिय हुन पुग्छ। यसले गर्दा पनि एक्ने लगायतका समस्या देखिन्छन्।

ख . कस्मेटिक प्रोडक्ट्स

सबै कस्मेटिक उत्पादनहरू एउटा केमिकल पनि हुन। यस्ता केमिकलहरू छालाअनुसारको प्रयोग गर्न सकिएन भने छालामैत्री नहुन पनि सक्छन्। यही कारणले न्युन गुणस्तर कस्मेटिक उत्पादन उपयोग गर्नै हुँदैन अन्यथा छालामा असर पर्न सक्छ। त्यसमा पनि कस्मेटिक्स उत्पादन गर्दा त्यसमा प्रयोग गरिएको सामान वाक्स, तेल, ग्लिसरिन जस्ता एलिमेन्टले छालामा भएको हेयर फोलिकल्सलाई अवरोध गरिदिन्छन्। रौँका कोपहरू बन्द गरिदिन्छन्। यसले गर्दा छालाले नियमित गरिरहेको काम पनि गर्न सक्दैन। कहिले काँही नेचुरल छाला भन्दा फरक खालको कस्मेटिक्स प्रयोग गर्दा छाला सुख्खा हुने चिलाउने हुन सक्छ। खासगरी फाउन्डेसन र पाउडरहरू जसमा प्रयोग गरिएको सोलिड एण्ड फ्याटी इन ग्रेडियन्ट्सले नै उक्ने भएको छालामा चिलाउने र पोल्ने गर्छ।

ग. खाना

एक्ने भएका मानिसले सामान्य खाना खानुपर्ने हुन्छ।  तर, अधिकांसले धेरैले मम, चाउचाउ, कोक, फेन्टा जस्ता फास्फुट खाइरहेका हुन्छन्। यस्तो गर्दा छालासम्बन्धी एक्ने लगायत अन्य समस्या पनि बढ्दै जान्छन्। यसलाई हाम्रो खानपान सम्बन्धि   शैलीले पु-याएको असरका रूपमा लिन सकिन्छ। हाम्रो शरिरमा बढी भएको नुनको मात्रा पसिनाका माध्मबाट बाहिर निस्कने गर्दछ। त्यस्तै, नुनमा मिसाइने अयोडिनको मात्रा बढी भयो भने एक्नेलाइ प्रभाव पर्दछ। त्यसकारण एक्ने भएको व्यक्तिले सागसब्जी र फलफुल प्रशस्त खानुपर्छ।

घ. चाया र पोतो

पोतो विशेषगरी खैरो, कालो, रातो र पहेलो दागका रूपमा अनुहारमा देखिन्छ। अनुहारमा अउँदा स-साना दाग  फ्रेकलेसको रूपमा देखा पर्दछ। यो स्किन डिसअडर हो। यसलाई प्रमुख समस्याको रूपमा लिइन्छ । छालामा तीनवटा पत्रहरूमध्ये इपीड्र्मिसमा रहेको मिलानोसाइट्स सेलमा असर हुँदा पिगमेन्टको समस्या देखिन्छ। अनुहारमा पोत्तो, चाया अउनुका धेरै कारणहरू भए तापनी खासगरी सूर्यको प्रकाशको अल्ट्रा भ्याइलेट ए  र बी किरण फिल्टर नभई छालाभित्र प्रवेश गरेपछि त्यसले मेलानिन सेललाई अति  सक्रिय ओभर एक्चटिभ गराउँछ । जसले गर्दाअवश्यकभन्दा बढी मेलानिन उत्पादन भइ छालाको बाह्य पत्र (एपिडर्मिस लेयर)मा पिगमेन्ट, प्याचेज, फ्रिकलेस  आदि तिलकोठीको रूपमा देखिन्छ।

हाम्रो छालामा डर्मिस लेयरमा क्षति हुन नदिन घामको किरणबाट बच्नुपर्छ। यसरी क्षति हुनुबाट जोगाउने काम मेलानिनले गर्छ अर्थात सुरक्षा दिने काम मेलिननको हो।फ्री र्याडिकल सुर्यको किरणमा रहेको अल्ट्रा भ्याइलेट ए र बी किरण विना रोकटोक छालाभित्र छि-यो भने त्यसले मेलानिनलाई  प्रभाव पारी अत्याधिक पिगमेन्ट सेलहरू उत्पादन भयो भने पोतो देखिने गर्छ।

सौन्दर्यविज्ञ लक्ष्मी महतको पुस्तक ‘स्वास्थ्य र सुन्दरताका लागि एस्ठेटिसियनबाट 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ