२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडेंगु नियन्त्रणमा कहाँ चुक्यौ हामी ?

डेंगु नियन्त्रणमा कहाँ चुक्यौ हामी ?


डा. बासुदेब उपाध्याय,
निर्देशक शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, टेकु

सन् २००६ मा नेपालमा पहिलो पटक डेंगु फैलिएको थियो । त्यसको दुई वर्षअघि नै चितवन जिल्लामा एक व्यक्तिमा डेंगु देखिएको थियो । त्यो बेला मैले नै सो रोग पत्ता लगाएको थिएँ । जागिर चाहिएर डेंगुको अफाबा फैलाएको भन्ने आरोप ममाथि नलागेको पनि होइन । बाँके जिल्लाबाट सुरु भएको डेंगु रुपन्देही, चितवन, नवलपरासी, दाङ, कपिलबस्तु लगायतका ९ जिल्लामा फैलिएको थियो । त्यसबेला बाँकेमा डा. चिदुवाई हुनुहुन्थ्यो । उहाँले त्यहाँ डेंगु हुनसक्ने शंका गर्नुभएको थियो । त्यहाँ पुगेका झण्डै ५ सय विरामीमध्ये ३२ जनामा डेंगु संक्रमण भएको विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरेको थियो ।

अहिले पत्रिकाले लेखेपछि मात्र लामखुट्टे खोज्न जाने प्रवृत्ति छ, लामखुट्टे समथरबाट उच्च भेगमा गयो भन्ने हाम्रो धारणा छ । कहाँसम्म पुग्यो भनेर राष्ट्रव्यापी सर्बेक्षण त भएको छैन नि । त्यो हाम्रो ठूलो कमजोरी हो । त्यही अनुसारको नीति तथा योजना बनाउन हुन्थ्यो । अहिले त पत्रपत्रिकाले जहाँ सक्रमण देखियो भनेको छ त्यही गयो हे¥यो फर्किएको अवस्था छ ।

त्यसपछि सन् २०१० मा चितवनमा डेंगुको ठूलै प्रकोप भयो, जसका कारण दशौं हजार मानिस प्रभावित भए । सोही वर्षको दशैंमा भारतबाट आएका मानिसहरुको कारण संक्रमणले महामारीको रुप लिएको थियो । तनहुँ, चितवन, धादिङ र बुटवलमा सबैभन्दा बढी मानिस प्रभावित भएका थिए । त्यस समयमा टेकु अस्पतालमा कहिल्यै कुनै बेड खाली भएन । सरकारको आधिकारिक रेकर्ड अनुसार त्यसबेला ५ जनाको मृत्यु भएको थियो ।

त्यसयता बारम्बार डेंगु फैलिरहेको छ । सन् २०१३, सन् २०१५ र सन २०१६ मा दमकमा देखिएको थियो । यस्तै सन २०१७ मा लालबन्दी, सर्लाही महोत्तरी, रौतहट लगायत बाढी पिडित जिल्लामा देखिएको थियो । र अहिले जेठदेखि नै धरानतिर देखिएको छ ।

बर्षा नलाग्दै पानी पर्यो
यो वर्ष पानी पनि छिटो प¥यो । फागुन चैतमा नै पानी पर्यो र छिट्टै बर्षा लागे जस्तो भयो । प्रिमनसुनमा धेरै पानी परेकाले सिजन भन्दा पहिल्यै देखा परेको हुनसक्छ । पहिले त हामी सेप्टेम्बर अक्टोबरतिर फैलन्छ भनेर बस्थ्यौं । तर, अहिले त्यसरी नहुने भएको छ । वातावरण र मानिसको आवत जावत तथा गतिविधि लगायतका विषयले पनि यो छिटो देखिएको हो ।

ट्रयाकिङ र सर्भिलियन्स सिष्टम कमजोर
एजम्सन गर्न गल्ती भन्दा पनि हाम्रो ट्रयाकिङ र सर्भिलियन्स सिष्टम कमजोर छ । हाम्रो अर्लि वार्निङ रिपोर्टिङ सिस्टम छ, तर त्यो निस्कृय देखियो । डेगुको विषयमा अध्ययन गर्न निश्चित ठाउमा जानु फरक कुरा हो तर कतै कुनै बिरामी स्वास्थ्य संस्थामा आउना साथ तल्लोतहदेखि उच्च तहसम्म सूचना प्रबाह हुनुपथ्यो त अर, त्योहिले भएको छैन । डेगुका विरामी भएको पत्रपत्रिकामा आएपछि मात्र हामीले थाहा पाउने अवस्था छ । यस्तो अवस्थामा कसरी पत्ता लाग्छ त ?

सन् १९९० मा श्रीधर प्रधानको नेतृत्वमा भेक्टरको सर्भिलियन्स भएको थियो । सो समयमा देशभरी निगरानी भएको थियो । तर, अहिले पत्रिकाले लेखेपछि मात्र लामखुट्टे खोज्न जाने प्रवृत्ति छ । लामखुट्टे समथरबाट उच्च भेगमा गयो भन्ने हाम्रो धारणा छ । कहाँसम्म पुग्यो भनेर राष्ट्रव्यापी सर्बेक्षण त भएको छैन नि । त्यो हाम्रो ठूलो कमजोरी हो । त्यही अनुसारको नीति तथा योजना बनाउन हुन्थ्यो । अहिले त पत्रपत्रिकाले जहाँ सक्रमण देखियो भनेको छ त्यही गयो हे¥यो फर्किएको अवस्था छ । यो पनि ठूलो कमजोरी हो । हामीसँग सिस्टममा जनशक्ति त छन तर सबै नयाँ छन । डेंगुको विषयमा उहाँहरुलाई प्रर्याप्त जानाकारी नै छैन । हाम्रो संस्थागत संरचना भएन । सिस्टममा मान्छे गए पनि यस्तो भइरहेको छ है भनेर कम्प्युटरमा अभिलेख राखेको भए त थाहा हुन्थ्यो होला । हाम्रो ट्रयाकिङ सिस्टम नभएकै हो ।

यसरी सर्छ डेंगु
मुख्य त लामखुट्टेको टाकाईबाटै डेंगु सर्छ । एडिस प्रजातिको लामुखट्टेबाट यो रोग सर्छ । जापनिज इन्सेफलाईटिस गराउने लामखुट्टेले कसैलाई टोक्यो भने त्यो मरिहाल्छ, तर, डेंगु सार्ने एउटै लामखुट्टेले धेरै मानिसमा सार्न सक्छ । अहिले मल्टीपल फ्याक्टरले भूमिका खेलेको छः चौतर्फी निर्माण कार्य भईरहेको छ, पानी जमिरहेको छ , मान्छेहरु पहाडी भेगमा बस्दैनन्, स्लम एरिया बिकास भएको छ, पानीको स्रोत ढाकेर राखिदैन, जसका कारण लामखुट्टे बढ्न उपर्युक्त वाताबरण बनिरहेको छ ।

डेंगु कम्प्लीकेसन
पहिला हामीले डेंगु कम्पिलकेसनलाई १ २ ३ ४ भनेर छुट्टाउथ्यौ । तर, अहिले सामान्य डेंगु र गम्भीर डेंगु भन्छौं । गम्भीर भनेको नाक, कानबाट ब्लीडिङ हुनु हो । कोषबाट बाहिर निस्किएर शरीरका विभिन्न अंगमा पानी भरिएर अन्तत शरीर सुनिएर मान्छेको मृत्यु नै हुन्छ । रोगबाट बच्न मुख्यत सरसफाई हुनुपर्छ र लामखु्टेको टोकाईबाट बच्नुप¥यो । लामखुट्टे नियन्त्रणमा बढी ध्यान दिनुप¥यो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ