२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि

विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षकको ६ वर्ष र कर्मचारीको १४ वर्षपछि बढुवा भएको छ । विपीकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानकाअनुसार विपीका शिक्षक तथा कर्मचारीहरुको फाइल मुल्यांकन र अन्तर्वार्ता प्रक्रियाबाट आन्तरिक रुपमा एक तह बढुवा गरिएको हो ।

डा. प्रधानले बढुवाको नतिजा २७ असारमा प्रकाशित भइसकेको जानकारी दिइन् । शिक्षकतर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ भने कर्मचारीतर्फ स्थायी, परफर्मेन्स करार र करारका गरी ४०९ जनाको एक तह बढुवा भएको छ । यसैगरी, ३०९ जनाको स्तरवृद्धि भएको डा. प्रधानले जानकारी दिइन् ।

विपीले शिक्षक तथा कर्मचारीको एक तह बढुवा र स्तरवृद्धिका लागि २० माघ २०७९ र करार सेवामा पदपूर्ति गर्न २० माघ २०७९ मा सूचना जारी गरेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ