२०७९ मंसीर १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. नवराज केसी भन्छन्, ‘बैंकमा पैसा बढ्यो भने छट्पटी सुरु हुन्छ’

डा. नवराज केसी भन्छन्, ‘बैंकमा पैसा बढ्यो भने छट्पटी सुरु हुन्छ’


डा. नवराज के.सी. पेसाले मेडिकल डाक्टर हुन् । नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस गरेका उनले फिलिपिन्सबाट एमडी गरेका हुन् । कर्णाली प्रदेशको ब्यस्त डाक्टरहरुमध्येका केसी पनि एक हुन् ।  बाल रोग विशेषज्ञका रुपमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत रहेका उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । ‘हरियो सुर्खेत सफा सुर्खेत’ नारासहित कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई हरियो र सफा बनाउने काममा उनी क्रियाशील छन् ।

साथै, डा. केसीले कर्णालीका दुर्गम गाउँमा पुगेर ४० भन्दा बढी निःशुल्क स्वास्थ्य क्याम्प सञ्चालन गरिसकेका छन् । विगत ४ वर्षदेखि सरकारी अस्पतालमा काम गरे बापत प्राप्त पारिश्रमिक विङ्स फाउण्डेशनमा जम्मा गर्छन् । जसमार्फत डा. केसीले दुर्गमका विपन्न बालवालिकालाई स्वास्थ्य सेवा दिदै आएका छन् । डा. केसीसँग कर्णालीको समग्र स्वाथ्य समस्या विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

प्रदेश अस्पतालमा आउने विरामीका आधारमा कर्णालीका बालबालिकाको स्वास्थ्य अवस्था के छ ?
अस्पताल भनेको समाजको अन्तिम पाइला हुदो रहेछ । समाजमा स्वास्थ्यलाई नकरात्मक असर पार्ने जति पनि गतिबिधिहरु हुन्छन्, सबैको नतिजा अस्पतालमै आएर देखिन्छ । त्यसैले यो प्रदेश अस्पताललाई आधार बनाएर हेर्ने हो भने अहिले कर्णाली प्रदेशका बालवालिकामा कुपोषण र संक्रमणबाट हुने रोगहरु नै प्रमुख छन् ।

यी दुवै समस्यालाई कसरी समाधान गर्न सकिन्छ ?
यो समस्यालाई निर्मुल पार्नको लागि एक दुई वटा तरिकाहरु अपनाएर हुँदैन । यसको लागि एउटा एकीकृत सोच जरुरी छ । त्यो एकीकृत सोचबाट कसरी पोषण बढाउने, संक्रमणलाई कसरी रोक्ने मात्रै नभएर प्राथमिक शिक्षा कसरी राम्रो गर्ने भन्ने कुराहरुमा पनि ध्यान दिन जरुरी छ ।

अघिल्लो पुस्ताले बालवालिकाको स्वास्थ्यका क्षेत्रमा के कमजोरी ग¥यौं ?
पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई आफूले गरेको कामको रिजल्ट कसरी हस्तान्तरण गर्ने भन्ने कुरा मानव विकासको क्रम हो । त्यसैले एउटा पुस्ताले समाजमा अभिभावकत्वको रोल खेलेन भने अर्को पुस्ताले त्यसको ठूलो नकारात्मक रिजल्टहरु भोग्नुुपर्ने हुन्छ । त्यसैले हाम्रो पुस्ताले प्राथमिक शिक्षामा हाम्रा बालवालिका १००% पाएका छन् कि छैनन् भनेर हेर्न जरुरी छ । सबैभन्दा पहिले कर्णाली प्रदेशमा भोक निवारण कसरी गर्ने भन्नेमा सबैको ध्यान जानुपर्छ । एउटा गर्भवती आमाले राम्रोसँग खाना पाएको छैन भने उसबाट जन्मिने शिशुहरुमा कमजोर जन्मिन्छन् । त्यसैले सबैभन्दा पहिला खानाको राम्रोसँग व्यवस्था गरिनुपर्छ ।

कुपोषण र संक्रमणबाट कर्णालीका कति प्रतिशत बालवालिका जोखिममा छन् ?
ठ्याक्कै यति प्रतिशत कर्णालीका बालवालिका जोखिममा छन् भन्न गाह्रो छ । तर, मेरो विचारमा कर्णाली प्रदेशमा रहेका कुनै पनि बच्चा मैले अघि भनेको जोखिमताबाट सुरक्षित छैनन् । एउटा खाल्डोमा पानी प¥यो भने त्यो के माथि के तल के बीच हरेक मान्छेलाई भिजाउँछ । त्यसैले कर्णालीमा जन्मेका र हुर्केका हरेक बालवालिकाहरु कुपोषण संक्रमण मात्रै नभएर समान्य हेल्थ एजुकेशनबाट पनि बञ्चित छन् । त्यसलाई बेलैमा सुदृढ गर्ने तिर सोच्नुपर्छ । यो प्रतिशतमा भन्दा नेपालको सबैभन्दा खतरा कर्णाली प्रदेशमा छ । समग्र नेपालको शिशुको मृत्युदर प्रति हजारमा २१ हुँदा कर्णालीमा २९ हुन्छ भनेपछि अब यसबाट प्रष्ट हुन्छ, कर्णालीमा बालवालिकाहरु कति जोखिममा छन् ।

दैनिकजसो बालवालिकाको स्वास्थ्य हेर्नुहुन्छ ? बालवालिकामा मुख्य के—के रोगहरु देखिन्छन् ?
प्रदेश अस्पतालमा बालवालिकाहरु निमोनिया, डाइरिया, टाइफाइड, ट्युवरकोलोसिस, क्षयरोगजस्ता रोग लिएर आउँछन् । तर, यो रोग त उनीहरुलाई देखिएको सतही समस्या मात्र हो । भित्री रुपमा उनीहरुमध्ये धेरैजसो कुपोषणका शिकार भएको हामीले पाएका छौं । यो कुपोषण कसरी भयो हामीले एक पटक अलिकति गहिराईमा गएर हे¥यौ भने उनीहरुका आमामा गएर यी कुराहरु ठोकिन्छन् । आमाहरु स्कु्ल नै जान पाएका छैनन् । आमाहरुको १४ वर्षमा विवाह भएको छ, १८ वर्षमा बच्चा जन्मिएका छन् । त्यस्ता आमाबाट आधा किलो, २ किलो, ढाई किलोको बच्चा जन्मेका हुन्छन् । उनीहरु कुपोषित हुन्छन् । जति स्याहार ग¥यो भने पनि कुपोषित हुन्छन् । उनीहरुको हाइट कम हुन्छ, तौल कम हुन्छ अझ डरलाग्दो कुरा त के हो भने उनीहरुको दिमागको वृद्धि विकास नहुने समस्या हुन्छ ।

भौगोलिक विकटताले पनि बालवालिकाहरुमा केही समस्या सिर्जना गरेको छ कि ?
यो प्रश्न मन छुने प्रश्न भयो । भौगोलिक विकटतासँग जोडिएका समस्याले बालवालिकामा धेरै समस्या पारेको छ । किनभने एउटा आमाले बच्चा जन्माउनको लागि दुई दिन वा तीन दिन डोकोमा बसेर अस्पतालमा जानुपर्ने जुन बाध्यताहरु छन् । यदि त्यस्तो अवस्था सिर्जना हुन्छ भने त्यसबाट जन्मेको बच्चा निस्सासिन्छ अनि निसासिएको बच्चा अपांग हुन जान्छ । यसरी प्रत्येक दशौ बच्चा जन्मिने बेलामा कर्णाली प्रदेशमा एउटा वच्चा अपांग जन्मिन्छ । भौगोलिक विकटताका कारण यो समस्या विकराल छ । तर, यसलाई कसरी छिचोल्र्ने भन्ने कुरा हामीले अहिलेसम्म सोचेका पनि छैनौ । हाम्रो मनमा पनि आएको छैन् । यो अर्को डर लाग्दो पाटो छ । अर्को हामीले सोच्न नसक्ने अर्को समस्या छ । बच्चालाई अक्सिजन दिनका लागि हेल्थ सेन्टरमा ल्याउनुप¥यो भने २÷३ दिन लाग्छ । उसको आधा प्राण त त्यहि बाटोमै गैसकेको हुन्छ । त्यसैले भौगोलिक विकटताले बालवालिकालाई धेरै ठूलो असर पारेको हुन्छ ।

मुगु, हुम्लाजस्ता विकट पहाडी जिल्लाहरुमा बालवालिकाहरुमा के समस्या छ ?
हुम्ला, मुगु, डोल्पा, कालिकोट जाँदा सबैभन्दा पहिला हामी सकारात्मक कुरा हेर्ने गर्दछौं । त्यहाँको हरियाली देखेर कहिलेकाहीँ एकदमै खुशी लाग्छ । यो क्षेत्रमा महको खानी छ जडिबुडीको खानी छ । तर, यसलाई प्रयोग कसरी गर्ने भन्ने कुरा हामीले थाहा नपाएको कारणले ठूलो कुपोषणको समस्या भोग्नु परेको छ । अस्ति भर्खरै जाजरकोटको एक जना ब्यक्तिले आफ्नो मह अष्ट्रेलियासम्म पु¥याएको कथा सुनाउनु भयो । तर, उहाँकै घरमा उहाँकै बच्चालाई कुपोषण थियो । किनभने मह उहाँले बेचेर बच्चालाई चाउचाउ किनेर खृुवाउनु हुने रहेछ । एउटा डर लाग्दो संस्कार यो पनि छ ।
अहिलेको जमानामा पोषण शिक्षाको कमी छ । हामीसँग यस्ता—यस्ता पौष्टिक तत्व छ तर यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा नपाएको कारणले गर्दा पनि हाम्रा बालवालिकाहरु कुपोषणका शिकार भैरहेका छन् । केवल क्षेत्रको विकटताले गर्दा होइन ज्ञानको अन्धकारको विकटताले गर्दा पनि हामी विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छौं । यो अज्ञानतलाई हामीले जतिसक्दो चाडो अन्त्य गर्नुपर्छ ।

कर्णालीका बालवालिकालाई स्वस्थ बनाउन कति वर्ष लाग्ला ?
जति समस्याहरु आउँछन्, त्यति समस्या समाधान गर्दै जान्छौं । अरु थप समस्या आई नै रहन्छन् । त्यसैले अब ठ्याक्कै यति वर्ष भनेर भन्न सकिने अवस्था छैन । किनभने बालवालिकाहरुको समस्या त अमेरिकामा पनि छन्, बेलायतमा पनि छन् । फरक यति हो उनीहरुको समस्या भनेको धेरै खाएर डाइबटिज हुन्छ, हाम्रा बालवालिकाहरु खान नपाएर कुपोषित हुन्छन् । एकदमै हामी कम्मर कसेर लाग्यौ भने त २÷४ वर्षमै हामीले कर्णालीका बालवालिकालाई स्वस्थ बनाउन सक्छौं । त्यसका लागि पहिले अज्ञानता हटाउन जरुरी छ ।

प्रदेश अस्पतालबाट पारिश्रमिक लिनुहुन्न । किन ?
मैले पारिश्रमिक लिन चाहिँ लिन्छु । तर, हामीहरुको एउटा विङ्स फाउण्डेशन छ । त्यो विङ्स फाउण्डेशनमा अहिलेसम्म जम्मा गरेको छु । विगत ४ वर्षमा फाउण्डेशनले करिव ५० वटा दुर्गममा गएर स्वास्थ्य क्याम्प गरेको छ । हामीहरु सकभर दुर्गममा यस्तो ठाँउमा क्याम्प गर्छौ, जहाँ स्वास्थ्य समस्याहरुले एक दमै कम काम गरेको र स्वाथ्यमा कसैले पनि काम नगरेको ठाँउ मा जाने गरेका छौ । भने अन्य सामाजीक कार्यहरु पनि हामीहरुले गरेको छौ जस्तै कोहि बालबालीकाहरुले खवर पायौ की स्कुल जान पाएका छैनन् बालबालीकाहरुले कापि कलम पाएका छैनन् भने त्यसमा पनि सहयोग गर्छौ भने एउटा ठुलो हिस्सा चाहि बालबालीकाहरु अदुश्यरुपमा हाम्रो समाजमा रहेको फोहोरहरुको कारणले गर्दा हामीहरुले फोहोर ब्यवस्थापन राम्रो सँग नगरेको कारणले लाग्ने भएको हुनाले फोहोर ब्यावास्थापनमा हामीहरुले त्यत्तिकै सामाजीक रुपमा खर्च गर्छौ त्यसमा हामीले प्रयोग गर्ने गर्छौ ।

यस्तो सामाजिक भावना कसरी आयो ?
मलाई कहिलेकाहीँ बैंकमा अलिकति पैसा बढ्यो भने छट्पटी सुरु हुन्छ । अहिले मलाई के लाग्न थालेको छ भने सबैभन्दा ठूलो रोगको कारण भनेको नै क्यापिटल एकुलेशन हुनु हो भन्ने लाग्छ । त्यसैले क्यापिटललाई फ्लो गर्नुपर्छ, सामाजिक अभियानहरुमा लगाउनुपर्छ । मैले एमबीबीएस सक्ने बेलामा एकजना महान् ब्यक्तित्वसँग मैले शिक्षा लिने मौका पाए । प्रोफेसर अब्दुल कलामले जीवन कसरी जिउनुपर्छ भन्ने सानो प्रशिक्षण दिनुभएको थियो । त्यसपछि मैले उहाँले भनेका कुराहरु अहिले पनि लाइन बाई लाइन पालना गरेको छु । मेरा स्वर्गीय पिता पछि मैले एकदमै पुजनीय ठान्ने ब्यक्तित्व उहाँ नै हो । उहाँको शिक्षाबाट ममा सामाजिक भावना पलाएको हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)