२०८३ वैशाख ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास

इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास

प्रवक्तामा यसोदा, डा. मदन नारायणी र डा. प्रकाश वीरमा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औं तहका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै केही उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख दिवस आचार्यकाअनुसार सार्क क्षयरोग केन्द्रका प्रमुख रहेका डा. अनुज भट्टचनलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा लगिएको छ । उक्त महाशाखा खाली थियो ।

डा. अनुज इडिसिडीमा पठाइएसँगै उनी प्रमुख रहेको सार्क क्षयरोग केन्द्रमा डा. चुमनलाल दासलाई पठाइएको छ । यसअघि मन्त्रालयमा रहेका डा. दासको काज फिर्ता गरेर नारायणी पठाइएको थियो । तर, उनलाई पुनः सार्क क्षयरोग केन्द्रमा लगिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पताल पठाइएको छ । मन्त्रालयको प्रवक्ताको जिम्मेवारी भने यसोदा अर्याललाई दिइएको छ । यसअघि उनी तालिम केन्द्रबाट मन्त्रालयमा ल्याएर समन्वय महाशाखा प्रमुख बनाइएकी थिइन् ।

परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा. मदन उपाध्यायलाई नारायणी अस्पताल पठाइएको छ । परिवार कल्याण महाशाखामा भने अहिलेसम्म कोही पठाइएको छैन । यसअघि नै स्वास्थ्य तालिम केन्द्रमा भने डा. प्रकाश साहलाई जिम्मेवारी दिइएको छ । यसअघि तालिम केन्द्रको निर्देशक यसोदा थिइन् ।

यसअघि २ बैशाखमा मन्त्री मेहताले पहिलो पटक स्वास्थ्यका उच्च अधिकारीका जिम्मेवारी हेरफेर गरेकी थिइन् । सो क्रममा उनले नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी डा. गुणानिधि शर्मालाई दिएकी थिइन् । यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. रोशन न्यौपाने पाएका थिए भने स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी यसोदा अर्याललाई दिइएको थियो ।

मन्त्रालयको महाशाखाको जिम्मेवारी फेरिनुअघि नीति, योजना तथा अनुगमन महाशाखाका डा. चुमनलाल र गुणस्तर मापन तथा नियमनमा डा. सरोज शर्मा र स्वास्थ्य समन्वयमा भीम सापकोटा थिए । डा. शर्मालाई वीरमा काज फिर्ता र सापकोटालाई हेटौडास्थित कीटजन्य प्रयोगशाला पठाइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ