२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारचोटपटकले निम्त्याउने दन्त समस्या, कसरी समाधान गर्ने ?

चोटपटकले निम्त्याउने दन्त समस्या, कसरी समाधान गर्ने ?


शरीरको कुनै पनि भागमा यदि चोटपटक लाग्यो भने उपचार गराउन अथवा परामर्श लिन आम मानिस नजिकको उपचार केन्द्रमा पुग्ने गरेको देखिन्छ । तर, त्यस्तै चोटपटक यदि दाँत वा दाँतको वरिपरिको भागमा लागेका दाँतलाई हानी (दाँत फुट्ने, दाँत हल्लिने) पु¥याउने देखियो भने पहिले भने जसो चासोको विषय नहेरिएको पाइन्छ । प्रायः कमैमात्र दाँतको चोटपटक लागेपछि अस्पताल पुग्ने गर्छन् ।

यी सोच र विचार कि त चोटपटकले निम्त्याउने दन्त समस्याका बारेमा आवश्यक ज्ञानको कमीले गर्दा हुन सक्छ कि त दाँतलाई अति आवश्यक अंगका रुपमा नराख्ने सामान्य विचार हुन सक्छ । कारण जे—जस्ता भएतापनि विभिन्न दन्त तथ्यांक र अनुसन्धानकाअनुसार दाँत वरिपरिको र दाँतको चोटपटकलाई पनि अरु ठाउँको चोटपटकलाई जसरी नै सकेसम्म चाँडो नै उपचार गराउनुपर्दछ भन्ने मान्यता छ ।
दाँत हड्डीजस्तो प्रकृतिको अंग देखिएतापनि यो मुखको हड्डीसँग सानो मासुको त्यान्द्रो (Periodontal Ligament)ले जोडिएर बसेको हुन्छ । त्यसैगरी दाँतमा भरपुर मात्रामा रक्तसंचार संचालित भएको हुन्छ । यी कारणहरुले गर्दा नै दाँत एक जीवित अंगका रुपमा रहेको पाइन्छ ।

चोटपटकले गर्दा दाँतलाई हड्डीमा जोडिने मासुको त्यान्द्रो (Periodontal Ligament) र दाँतमा संचालित रक्तसंचार दुवैलाई अवरुद्ध गराउने गर्दछ । त्यसपश्चात दाँतले विस्तारै आफ्नो रंग फेर्दै (पहेलो—खेरो—कालो) हुँदै जान्छ र दाँत एक निर्जीव वस्तुका रुपमा मानव शरीरमा रहन्छ । जसले गर्दा बेला—बेलामा दाँत वरिपरिको गिँजा पाक्ने, सुनिने, दाँत दुख्नेजस्तो समस्या सिर्जना हुने गर्दछन् ।

मुख वरिपरिको चोटपटकले गर्दा सामान्य समस्या जस्तैः सानो तिनो चिरफार (Abrassion laceration), दाँतको सानो भाग भाँच्चिने (enamel fracture/uncomplicated crovn fracture) देखि लिएर सिंगो दाँत नै हड्डी बाहिर निस्कनु (Avulsion Injury), मुखको हड्डी फुट्नु, मुख खोल्ने जोर्नीका हड्डीहरु फुट्नेजस्ता जटिल समस्याहरु निम्त्याउन सक्दछ । यी समस्याहरु यदि बेलैमा (नयमिभल जयगच) परामर्श लिएर उपचार गराइयो भने समय, लगानी, उपचार जटिला सबै कम हुने गर्दछन् ।

अमेरिकन एशोसिएसन अफ पेडियाट्रिक डेन्टिष्ट्रीको पछिल्लो तथ्यांकअनुसार चोटपटक प्रायःजसो बालबालिकामा धेरै देखिने गर्दछ । यसको कुनै ठोस कारण नभएतापनि केही कारणहरु जस्तैः बालबालिकाको खेलकुदमा अथवा बाहिरी क्रियाकलापमा धेरै संलग्नता हो । त्यसैगरी अबुझ मानसिकता भएर पनि बालबालिकाहरु बढी चोटपटकको शिकार हुने गरेको मानिन्छ । यसका साथसाथै पछाडिको दाँतभन्दा अगाडि पट्टीको दाँत बढी जोखिमयुक्र रहेको पाइन्छ । यसको मुख्य कारण शारीरिक बनावट नै हो ।

चोटपटकले गर्दा यदि दाँत आफ्नो ठाउँबाट वरपरको भाग सरी आयो भने तुरुन्त आफ्नो ठाउँमा ल्याएर सुरक्षित पार्नुपर्ने हुन्छ । यसो गर्नाले दाँतको आयु, दाँतको हड्डीसँगको पकड मजबुत हुने गर्दछ ।

कुनै पनि चोटपटक भएमा टिटेनसको खोप अनिवार्य रुपमा लिन जरुरी हुन्छ । त्यसैगरी दन्त चिकित्सकसँग परामर्श लिँदा चोटपटक पश्चात वान्ता आएको/नआएका, होस हराएको वा नहराएकोजस्ता गतिविधीहरु उल्लेख पार्नु नै पर्ने हुन्छ ।

प्राथमिक उपचार प्रायःजसो सिंगो दाँत नै हड्डी बाहिर निस्कनु (Avulsion Injury), गहिरो चोटपटक (Cut Injury), दाँतको जरा भाँच्चिनु (Root Fracture), दाँतको माथिल्लो भाग गहिरो गरी फुट्नु (Complicated Crown Fracture), चोटपटकपश्चात मुख खोल्नमा असहजता हुनु वा गराउनु पर्दछ ।

धेरैजसो बालबालिकामा सिंगो दाँत नै हड्डी बाहिर निस्कने (Avulsion Injury) जस्तो समस्या देखिन्छ । त्यस्तो समसया आई परेमा दाँतलाई सुरक्षित राखी तर दाँतालाई Hank Balanced salt solutuin कि Organ Transplant Media  राखी तर यी उपलब्ध नभएमा चिसो दुध अथवा त्यो पनि उपलब्ध नभए मुखभित्र गाला र हड्डीको बीचमा (Vestibule) राखी कम्तिमा पनि २० मिनेटदेखि १ घण्टामा दन्त चिकित्सक कहाँ पु¥याउनु पर्दछ । अमेरिकन एशोसिएसन अफ पेडियाट्रिक डेन्टिष्ट्रिकाअनुसार यसो गर्नाले दाँतलाई अहिलेकै अवस्थामा पु¥याउन सकिन्छ भनिएको छ ।

चोटपटक दूर्भाग्यवस हुने गर्छ तर त्यो चोटपटकको घाउले चोपटपक भएको अवस्थालाई पुनः स्मरण नगराओस् । त्यसका लागि चोटको व्यवस्थापन राम्ररी हुनुपर्दछ । राम्रो व्यवस्थापनमा बिरामी, अभिभावक, चिकित्सक र समय सबैको उत्तिकै भूमिका रहेको पाइन्छ । त्यसैले चोटपटकले निम्त्याउने दन्त समस्याबारे समयमा नै चिकित्सकसँग परामर्श लिने गरौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ