२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखमा २५ शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा

दैलेखमा २५ शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा


सुर्खेत –दैलेखमा कोभिड–१९ संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ । दैलेखस्थित नारायण नगरपालिका–८ मा उक्त अस्पताल सञ्चालनमा ल्याइएको हाे ।

आइसोलेसन अस्पताल निर्माण सम्पन्न भएपश्चात सरस्वती माध्यमिक विद्यालय तर्ताङमा उपचाररत पाँच जना कोरोना संक्रमितलाई अस्पतालमा ल्याएर राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरन्जन पन्तले जानकारी दिए ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७१ लाख लागतमा निर्माण गरिएको उक्त आइसोलेसन अस्पताल बुधवारदेखि सञ्चालनमा ल्याइएको हो ।

दैलेखमा कोरोना संक्रमितको संख्या तिव्र रूपमा बढेपछि १५ दिनभित्र ५० शैयाको अस्पताल निर्माण गर्ने घोषणा गरिएको प्रमुख पन्तले बताए ।

अहिले सुरक्षाकर्मीको कक्षसहित २५ शैयाको अस्पताल तयार गरिएको छ । निर्माणको जिम्मा पाएको जेसिका निर्माण सेवाले १५ दिनभित्र अस्पताल निर्माण गर्ने भनेतपनि लकडाउनका कारण सामग्री खरिदमा समस्या भएकोले करिव २ महिनामा निर्माण सम्पन्न गरेको हो ।

हालसम्म दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय ४३ पुगेको छ । तीमध्ये ३५ जना जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा उपचाररत छन् भने १६४ जना क्वारेन्टाइनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिर प्रसाद रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ