२०८२ फागुन १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनिर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने

निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने


वीरेन्द्रनगर—२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरेर कालिकोट जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित गरिने भएको छ । निर्वाचनका दिन सार्वजनिक यातायातका साधन नचल्ने भएकाले एम्बुलेन्स सेवालाई व्यवस्थित गरिने भएको हो ।

२१ फागुनमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ निर्वाचनको दिन कालिकोट जिल्लाभर हुनसक्ने सम्भावित स्वास्थ्य जोखिम, आकस्मिक दुर्घटना वा अन्य स्वास्थ्य समस्याहरुलाई तत्काल सम्बोधन गर्नका लागि एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ ।

निर्वाचनको दिन सार्वजनिक यातायात साधनहरु नचल्ने भएकोले स्वास्थ्य सम्बन्धी कुनै पनि आपत्तकालीन अवस्था तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए ।

स्वास्थ्य जोखिम, आकस्मिक दुर्घटना वा अन्य स्वास्थ्य समस्या आएमा स्वास्थ्यसेवा कार्यालय कालीकोट, पुरानो बसपार्क मान्म बजार, खाँडाचक्र नगरपालिका–८ को सेरावाडा, सान्नि त्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिका एम्बुलेन्सहरु चालकसहित तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ