२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’

स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’


सुर्खेत—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् ।

संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधालयका भौतिक संरचना निर्माणको लागि आर्थिक अभाव हुन नदिने भन्दै उनले सेवाको प्रभावकारितामा ध्यान दिन आयुर्वेद औषधालयलाई निर्देशन दिएका छन् ।

आयुर्वेद औषधालय व्यावस्थापन समितिका अध्यक्ष विनोद ढकालले औषधालयमा जनशक्ति र भौतिक संरचनाको कमी रहेको भन्दै भौतिक संरचना निर्माणमा सहयोग गरिदिन राज्यमन्त्रीसँग आग्रह गरे । प्रदेश सरकारलाई ४८ जना कर्मचारीको दरबन्दी पठाएपनि अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरे । संघीय सरकारले दिएको दरबन्दीअनुसार एकजना डाक्टर करारमा राखिएको जानकारी दिँदै उनले जनशक्ति नहुँदा काम गर्न समस्या भैरहेको बताए ।

प्रादेशिक आयुर्वेद औषधालयले अहिले कर्णालीका १० जिल्ला र स्थानीय तहमा संचालनमा रहेका आयुर्वेद औषधालयहरुमा औषधी पठाउने गरेको छ । औषधालयले कर्णालीको १० वटै जिल्लामा नसर्ने रोग व्यवस्थापन गर्नको लागि स्वास्थ्य शिविर चाउनुपर्ने भएकोले औषधी ढुवानी गर्न सवारी साधनको अभाव रहेको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ