२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोनाबाट डोल्पामा ५८ वर्षीय पुरुषकाे मृत्यु

कोरोनाबाट डोल्पामा ५८ वर्षीय पुरुषकाे मृत्यु


जुम्ला—डोल्पामा मृत्यु भएका एक जना ५८ वर्षीय पुरुषमा कोभिड—१९ पोजेटिभ देखिएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको होम क्वारेन्टाइनमा बसेका उनको तीनदिनअघि मृत्यु भएको थियो ।

मृत्युपछि उनको स्वाब संकलन गरी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावल तीन दिनअघि मृत्यु भएका ती व्यक्तिको स्वाब परीक्षण गर्दा कोभिड—१९ पोजेटिभ देखिएको बताए ।

‘मृतक पुरुषको स्वाब प्रतिष्ठानको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो,’ उनले भने । मृतक पुरुषमा दम रोग पनि रहेको प्रतिष्ठानले जनाएको छ । यो घटनासँग कर्णालीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ