२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोनाबाट मृत्यु भएकालाई कर्णालीमा एक लाख राहत दिइने

कोरोनाबाट मृत्यु भएकालाई कर्णालीमा एक लाख राहत दिइने


सुर्खेत-कर्णालीमा कोरोनाबाट कसैको मृत्यु भएमा एक लाख राहत दिइने भएको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गरेका छन् ।

बजेटमा कोरोनाबाट कसैको कर्णालीमा मृत्यु भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको लडाइमा जनचेतना जगाउनका लागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने उनले बताए । उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले जानकारी दिए । यसका लागि प्रदेश सरकारले चार करोड विनियोजन गरेको छ ।

कोभिड-१९ लाई परास्त गर्न खटिएका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।

यसका साथै एक अर्ब पचास करोड ५८ लाखको कोभिड-१९ कोष परिचालन गरिने मन्त्री ज्वाला उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ