२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशक्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी


जुम्ला – सुर्खेतको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारेन्टाइनमा बसेका स्थानीय एक युवाको मृत्यु भएको छ ।  १३ दिनअघि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनको सोमबार विहान करिब १० बजेतिर निधन भएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले जानकारी दिएका हुन् ।

उनका अनुसार मृतक युवा क्वारेन्टाइन बस्नु पहिलेदेखि नै बिरामी थिए । केहिदिन अघि लडेर उनलाई सामान्य चोटसमेत लागेको थियो । सोमबार विहान आफैले पकाएको खाना खाएपछि एक्कासी बसिरहेको बेला उनको मृत्यु भएको बताइएको छ । मृत्युपछि उनको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । पीसीआर रिपोर्टपछि मात्रै उनको मृत्यु कोरोना भाइरस वा अन्य कारणले भएको भन्नेबारे स्पष्ट हुनेछ ।

कर्णालीमा थप ११०मा देखियो कोरोना 

त्यसैगरी, कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार १ सय ७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको पिसिआर परीक्षणमा ३ जना गरी सोमबार थप १ सय १० जनामा कोरोना पृष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार पृष्टी भएका थप नयाँ संक्रमित मध्य सुर्खेतका १९ जना रहेका छन् । जसमा बराहताल गाउँपालिका ३, चौकुने गाउँपालिका ३, लेकबेसी नगरपालिका ४, पञ्चपुरी नगरपालिका ८ र सिम्ता गाउँपालिका १ जना रहेका छन् ।

यस्तै, दैलेखका थप ८८ जनामा कोरोना पृष्टी भएको हो । जसमा दैलेख वेलकाँडा १, दुल्लुनगरपालिका १ र नारायण नगरपालिका २ जना हुन् । भने अन्य सबै संक्रमित दैलेख नौमुले गाउँपालिकाका हुन् ।


कर्णाली प्रदेशमा ९४ जना संक्रमण मुक्त

कर्णाली प्रदेशमा हालसम्म ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् । कर्णालीमा हालसम्म सबैभन्दा बढि कोरोनाको केस दैलेखमा देखिएको छ। दैलेखमा ६ सय २७ जनामा कोरोना संक्रमण पाइएको छ । सबैभन्दा कम हुम्ला र डोल्पामा संक्रमण देखिएको छ । हुम्ला र डोल्पामा १-१ र मुगुका २ जनालाई कोरोना संक्रमण पृष्टी भएको छ । अन्य जिल्लामा कोरोना संक्रमण देखिए पनि रुकुमपश्चिम भने अझै सुरक्षित छ ।

कर्णालीमा पुष्टि भएका कोरोना संक्रमितहरुमा सल्यानका १ सय ३७, सुर्खेतका २ सय ३१, जाजरकोट ८, कालिकोट २८, जुम्लामा २४ र अन्य प्रदेशका १६ जना रहेका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा  ३ जनाको कोरोनाबाट ज्यान गुमाएका छन् ।

 


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ