२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभदौमा ४० हजार संक्रमित पुग्ने प्रक्षेपण, असार १५ बाट दैनिक १० हजारको पिसिआर जाँच

भदौमा ४० हजार संक्रमित पुग्ने प्रक्षेपण, असार १५ बाट दैनिक १० हजारको पिसिआर जाँच


काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारबाट दैनिक १० हजार शंकास्पद कोभिड–१९ संक्रमितको पिसिआर प्रविधीबाट जाँच गर्ने तयारी गरेको बताएका छन् ।

शनिबार मन्त्रालयमा पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै उनले हाल २२ वटा ल्यावबाट भइरहेको परीक्षणको दायरा बढाएर दैनिक १० हजार पु¥याउने गरी काम भइरहेको जानकारी दिएका हुन् ।

त्यसका साथै भदौसम्ममा ४० हजार संक्रमित हुनसक्ने अनुमान गरेर मन्त्रालयले सोही अनुसार तयारी गरिरहेको समेत उनको भनाइ छ । ‘हामीले १५ असारबाट दैनिक १० हजार परीक्षण गर्ने तयारीमा छौ,’ उनले भने, ‘विज्ञहरुले भदौसम्ममा ४० हजार संक्रमित पुग्ने अनुमान गर्नुभएको छ । त्यहीअनुसार तयारी पनि गरिरहेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिले औसतमा ६ हजारको हाराहारीमा परीक्षण भइरहेको छ । ‘१५ असारदेखि अहिले संचालनमा रहेका २२ वटा ल्यावको क्षमता विकास गरी २४ सै घण्टा संचालन गर्ने योजना रहेको छm,’ मन्त्री ढकालले भने, ‘त्यति मात्र नभएर स्वाव सरकारले संकलन गरी निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिन्छौ ।’

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभिड–१९ सम्बन्धी औषधी उपकरण खरिदको अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै गर्ने निर्णय भएको बताए । ‘खरिद प्रक्रिया मन्त्रालयअन्तर्गतको विभागले गर्छ,’ उनले भने, ‘मन्त्रालयले आवश्यक सामाग्रीको योजना बनाउँछ, विभागले खरिद गर्छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण श्रेष्ठले अहिले कम्तीमा २१ दिनका लागि पिसीआर परीक्षण गर्ने सामाग्री रहेको बताए । उनले थप सामाग्री किन्ने प्रक्रियामा रहेको र केही दाताबाट आउने तयारीमा रहेको जानकारी दिए ।

परीक्षणको दायरा बढाउन अटोमेटिक मेसिन खरिद प्रक्रिया अगाडि बढेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले जानकारी दिइन् । उनले ल्यावको क्षमताभन्दा स्वाव संकलन धेरै भएको हुँदा रिपोर्ट आउन समय लागेको बताइन् । अहिलेको अवस्थामा परीक्षण गर्न बाँकी रहेका स्वाव जम्मा हुनु स्वभाविक भएको बताइन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड–१९ सम्बन्धी सामाग्री खरिदभन्दा पनि दाताहरुबाट बढी आएका कारण सरकारको खर्च कम भएको बताए । मन्त्रालयले दाताले दिएको सामाग्री कसरी लिने र कस्ता लिने भन्ने विषयमा निर्देशिका तयार गरी सोहीअनुसार काम भइरहेको जानकारी गराएका थिए ।

मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सरकारले कोभिड–१९ को सम्भावित अवस्था मुल्यांकन गरी सोहीअनुसार काम गरिरहेको बताए । उनले २ हजार, ५ हजार, १० हजार र सोभन्दा बढी आँकलन गरी सोहीअनुसार तयारी गरिरहेको जानकारी दिए ।

मन्त्रालयले पछिल्लो संक्रमणको दरलाई आधार बनाएर भदौसम्ममा ४० हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको छ । सोहीअनुसार मन्त्रालयले तयारी थालेको उनले बताए । ‘यदि ४० हजार संक्रमित भए २ हजार बिरामी अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ,’ उनले भने ‘ती मध्ये २ प्रतिशतलाई भेन्टिलेटर चाहिन सक्छ ।’ उनले तीन महिना अगाडि १ हजार ५ सय ५१ आईसीयु र ७ सय ७० बेड रहेकोमा अहिले त्यो बढाएर १७ सय २ आईसीयु र ९ सय भेन्टीलेटरको संख्या पु¥याइएको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले तीन तहका सरकारबीच समन्वय गर्नुपर्दा काम गर्न सहज नभएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ