गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रित्तिए जुम्लाका क्वारेन्टाइन, आइसोलेसन एक जना मात्रै संक्रमित रित्तिए जुम्लाका क्वारेन्टाइन, आइसोलेसन एक जना मात्रै संक्रमित मानदत्त रावल बिहीबार, २०७७ साउन ८ गते, १८:०५ मा प्रकाशित जुम्ला -एकताका भरिभराउ बनेका जुम्लाका क्वारेन्टाइन रित्तिएका छन् । बिहिबार तातोपानी गाउँपालिमा एक महिला तीन पुरुष गरी चार जना घर फर्किएपछि सो क्वारेन्टाइन रित्तिएका हुन् । जुम्लाका ८ स्थानीय तहमा ८०० भन्दा बढी बेडको क्षमता भएका क्वारेन्टाइनमा दुई हजार ७१९ जना बसेका थिए । अहिले सबै जना घर फर्किसकेका छन् । यता, आइसोलेसनमा पनि मात्र एक जना संक्रमित रहेका छन् । कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलको १२० बेड क्षमताको आइसोलेसनमा ६९ जना कोरोना भाइरस संक्रमित मध्ये एक जना मात्रै रहेको प्रतिष्ठान रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, ‘६८ जना निको भएर घर फर्किएका छन् ।’ लकडाउन खुलेसँग जुम्ला कोरोना मुक्त हुने सम्भावना देखिएको उनले बताए । जिल्ला बाहिरबाट आएका १२ हजार १२९ जना मध्ये ४ हजार ८ सय ५७ जनाको स्वाब परीक्षण गरिएको हो । त्यसैगरी, ४ सय ७९ जनाको आरडिटी परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने