२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा एकसाता निषेध आदेश जारी, के गर्न पाइन्छ के पाइदैन ?

काठमाडौं उपत्यकामा एकसाता निषेध आदेश जारी, के गर्न पाइन्छ के पाइदैन ?


काठमाडौं– काठमाडौं उपत्यकामा बुधबार राती १२ बजेबाट भदाै १० गतेसम्मका लागि निषेध आदेश जारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताका लागि  निषेध आदेश जारी गरेको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेपछि निषेध आदेश जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।

सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला वा जिल्ला भित्र लकडाउन, निषधाज्ञा, कफ्र्यु गर्न सक्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो । सोही अनुसार तीनै जिल्लाका सिडिओको संयुक्त बैठकले एक साताका लागि निषेध आदेश जारी गरेको हो ।

निषेध आदेश जारी भएसँगै जिल्लाभित्र आवतजावतका साथै अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् ।

निषेध आदेशमा के गर्न पाइन्छ के पाइदैन ?

  • अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने ।
  • औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने ।

  • अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न नपाइने।
  • जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाइने ।
  • कोभिड(१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा सञ्चालन हुने सवारी साधनबाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने ।
  •  सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसाेलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने।

  •  कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न नपाइने ।
    परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न नपाइने।
  •  शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्यूसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न नपाइने ।
    सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने।
  •  फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न नपाइने।
  • होटेल, रेष्टुराँ सञ्चालन गर्न नपाइने।
  •  अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।
  • हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।
  • अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ ।
  •  यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ