गृहपृष्ठ ∕ समाचार ∕ विपीमा कोरोना संक्रमित महिलाले जन्माइन् शिशु विपीमा कोरोना संक्रमित महिलाले जन्माइन् शिशु हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, १२:४३ मा प्रकाशित विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक जना महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । विराटनरगर—२ घर भएकी २० वर्षीय गर्भवती महिलाले सोमबार छोरीलाई जन्म दिएकी हुन् । ३ भदौमा कोरोना संक्रमण पुष्टि भएको संक्रमित महिला ७ भदौमा विपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न डा. सुर्यप्रसाद रिमालको निगरानीमा डाक्टर र नर्सको टोलीले प्रसुती गराएका थिए । जन्मदा शिशुको तौल २.८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ‘शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्छ भन्ने लागेको थियो तर उहाँको सामान्य डेलिभरी भयो’, प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले भने । संक्रमणका बावजुद नर्मल डेलिभरी हुनु खुशीको विषय भएको उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल