२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीमा कोरोना संक्रमित महिलाले जन्माइन् शिशु

विपीमा कोरोना संक्रमित महिलाले जन्माइन् शिशु


विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक जना महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । विराटनरगर—२ घर भएकी २० वर्षीय गर्भवती महिलाले सोमबार छोरीलाई जन्म दिएकी हुन् ।

३ भदौमा कोरोना संक्रमण पुष्टि भएको संक्रमित महिला ७ भदौमा विपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न डा. सुर्यप्रसाद रिमालको निगरानीमा डाक्टर र नर्सको टोलीले प्रसुती गराएका थिए ।

जन्मदा शिशुको तौल २.८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

‘शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्छ भन्ने लागेको थियो तर उहाँको सामान्य डेलिभरी भयो’, प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले भने । संक्रमणका बावजुद नर्मल डेलिभरी हुनु खुशीको विषय भएको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ