२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोदीको फिटनेस मन्त्र

मोदीको फिटनेस मन्त्र


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै व्यस्त व्यक्तिहरुमध्येका एक हुन । निकै व्यस्त कार्यतालिकाको बाबजुद मोदीले आफूलाई फिट एन्ड फाईन राखेका छन । मोदी अहिले ६८ वर्ष भए । दोस्रो कार्यकालका लागि केही महिनाअघि प्रधानमन्त्रीमा निर्वाचित उनी शारीरिक र मानसिक रुपमा फूर्तिला छन् । उनी बिहानदेखि रातीसम्म उत्तिकै स्फूर्तिका साथ १८ घन्टा काम गर्छन् । गुज्रातमा सफल आर्थिक नीतिका सुत्राधार मोदी आफ्नो सन्तुलित शरिरका लागि पनि उत्तिकै प्रशसित छन् । उनले व्यायायम र डाईट दुबैलाई सन्तुलित बनाएका छन् । मोदीको फिटनेस मन्त्र धेरैका लागि महत्वपूर्ण पाठ हुन सक्छ ।

फिटनेस मन्त्र
बिहान सबेरै उठ्ने बानीले जोकोहीलाई पनि सफलताको मार्ग देखाउने विभिन्न अध्ययन प्रतिवेदनले देखाएउदै आएका छन् । विहान जतिसक्दो चाडो उठ्नुका फाइदै फाइदा छन । बिहानमा छिटो उठ्दा शारिरिक तथा मानसिक रुपमा स्फूर्ति हुने विज्ञहरुले बताउदै आएका छन् । मोदी यसको सफल उदाहरण हुन । उनी बिहान पाँच बजे उठिसकेका हुन्छन । राती दश बजेसम्म काम गर्छन ।

चिकित्सकले मोदीलाई कम्तिमा दैनिक पाँच घन्टा सुत्न सुझाब दिएका छन, तर उनी दैनिक तीनदेखि चार घन्टा सुत्छन, उनलाई निकै गहिरो निन्द्रा लाग्छ

कामको व्यस्तताका बाबजुद मोदी पूर्ण रुपमा स्वस्थ छन, यसको श्रेय योगा र ध्यानलाई दिनुपर्छ । उनले दैनिक बिहान नियमित एक घन्टा योगा गर्छन । यसले उनलाई शारिरिक तथा मानसिक रुपमा ताजकी राखेको छ । राष्ट्रसंघको साधारणसभालाई सन् २०१४ मा सम्बोधन गर्ने क्रममा मोदीले अन्तर्राष्टिय योगा दिवस मनाउनुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावबमोजिम राष्ट्रसंघले हरेक जुन २१ लाई योगा दिवस मनाएको छ ।

योगा सकिएपछि मोदी आधाघन्टा ध्यानमा बस्छन् । उनी बिदेश भ्रमणमा जाँदा समेत ध्यान र योगा छुटाउदैनन् । चिकित्सकले उनलाई पर्याप्त सुत्न सुझाब दिएका छन । ‘चिकित्सकले मलाई कम्तिमा दैनिक पाँच घन्टा सुत्न सुझाब दिएका छन, तर म दैनिक तीनदेखि चार घन्टा सुत्छु, मलाई निकै गहिरो निन्द्रा लाग्छ,’ मोदी भन्छन । आफू दिनहुँ सक्रीय हुने गरेको उनको भनाई छ । ‘म बिहानदेखि रातीसम्म उत्तिकै उर्जावान हुन्छु । यसको पछाडि योगा र ध्यान हो ।’ उनी भन्छन् । आफूलाई थकित महशुस हुँदा गहिरो स्वास्थ लिएर फ्रेस पार्ने मोदी बताउछन ।

के खान्छन मोदी ?
मोदी विशुद्ध शाकाहारी हुन् । उनी समान्य खाना खान्छन । खानाकुरामा उनको खासै सौख छैन । हरेक वर्ष नवरात्रीको समयमा उनी नौ दिन उपबास बस्छन । त्यो समयमा उनले दुध तथा फलफुल मात्र खान्छन् ।

ब्रेकफास्टः ब्रेकफास्टमा मोदीले सादा डोसा, चट्नी र साम्बर खाएपछि कालो चिया वा फलफुलको जुस पिउछन् ।

लन्चः उनको लन्च पनि सामान्य हुन्छ । लन्चको समयमा सामान्यतया मोदीले रोटी दाल, सब्जी खान्छन् ।

डिनरः मोदीले डिनर हल्का लिन्छन् । उनी गुजराती कडी, खिचडी र सागसब्जी खान्छन् ।

एजेन्सीमा आधारित


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ