गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो चन्द्रा कँडेल आईतबार, २०७७ असोज ४ गते, १९:०८ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा कोभिड-१९ पहिलोपटक गत जेष्ठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुषमा देखिएको थियो । त्यसपछि कर्णालीमा कोरोना संक्रमणको ग्राफ १ पछि अर्को गर्दै विस्तारै उकालो लाग्न थाल्यो । कर्णाली प्रदेशमा हालसम्म ३ हजार १ सय ३६ जना संक्रमित पुगेका छन् । गएको शनिबार मात्र ४४ जनामा कोरोना संक्रमण पुष्ठि भयो । भने आइतबार २९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । जसमध्ये हालसम्म १ सय ८५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका १ सय ८५ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७१ जना निको भइ नियमित काममा फर्किसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपि) राजेशनाथ बास्तोलाले जनाकारी दिए । साथै १४ जना उपचारार्थ रहेको उनको भनाइ छ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको गएको भदौ ३१ गते सम्मको तथ्यांक अनुसार शसस्त्र प्रहरीबलका ३१ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो । साथै नेपाल आर्मी तर्फमा मात्रै ७० जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएनु पर्ने भएकाले सुरक्षाकर्मी संक्रमित हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक बास्तोलाको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने