गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो चन्द्रा कँडेल आईतबार, २०७७ असोज ४ गते, १९:०८ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा कोभिड-१९ पहिलोपटक गत जेष्ठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुषमा देखिएको थियो । त्यसपछि कर्णालीमा कोरोना संक्रमणको ग्राफ १ पछि अर्को गर्दै विस्तारै उकालो लाग्न थाल्यो । कर्णाली प्रदेशमा हालसम्म ३ हजार १ सय ३६ जना संक्रमित पुगेका छन् । गएको शनिबार मात्र ४४ जनामा कोरोना संक्रमण पुष्ठि भयो । भने आइतबार २९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । जसमध्ये हालसम्म १ सय ८५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका १ सय ८५ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७१ जना निको भइ नियमित काममा फर्किसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपि) राजेशनाथ बास्तोलाले जनाकारी दिए । साथै १४ जना उपचारार्थ रहेको उनको भनाइ छ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको गएको भदौ ३१ गते सम्मको तथ्यांक अनुसार शसस्त्र प्रहरीबलका ३१ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो । साथै नेपाल आर्मी तर्फमा मात्रै ७० जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएनु पर्ने भएकाले सुरक्षाकर्मी संक्रमित हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक बास्तोलाको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी