२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालका फोहोरले संक्रमण फैलिने खतरा, व्यवस्थापनमा जुट्यो प्रदेश सरकार

अस्पतालका फोहोरले संक्रमण फैलिने खतरा, व्यवस्थापनमा जुट्यो प्रदेश सरकार


विराटनगर– अस्पतालबाट निस्किएका फोहोरले संक्रमण फैलने खतरा बढेपछि प्रदेश सरकार यसको व्यवस्थापनमा भएको छ । विभिन्न अनुसन्धानले अस्पतालबाट निस्किएका फोहोरबाट संक्रमण फैलिन नदिनका लागि प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने कामको सुरूवात गर्ने भएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापनका लागि सरकारले काम सुरु गरिएको जानकारी दिए । मन्त्रालयमा आयोजित अस्पतालको फोहोर व्यवस्थापन संम्बन्धि कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए ।

‘निजी अस्पतालबाट निस्कने फोहोरले पनि समस्या सिर्जना गरिरहेको छ,’ उनले भने, ‘निजी अस्पतालको फोहोर व्यवस्थापनका लागि पनि अस्पताल सञ्चालकहरुसँग मन्त्रालयले छलफल अघि बढाएको छ । विराटनगरमा निजी स्तरबाट सञ्चालित साना अस्पतालको फोहोर व्यवस्थापनका लागि त्रिपक्षिय साझेदारी मोडलबाट काम गर्ने तयारी गरिएको छ ।’

विराटनगर बाहिरका निजी अस्पतालहरुको फोहोर व्यवस्थापनबारे पनि छलफल भइरहेको मन्त्री घिमिरेले बताए । फोहोर व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा रहेकाले अस्पतालमात्र नभएर हरेक फोहोरको सफाईमा प्रदेश सरकार लागि परेको उनको भनाई छ ।

सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन भैसकेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले बताए । उनले चालु आर्थिक बर्षबाट सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापनको काम व्यवस्थित हुँदै जाने बताए ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कोशी अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थानको काम सुरु भएको बताए ।

उनले फोहोर जलाउने नभई कमाउने माध्यमका रुपमा लिनुपर्ने बताए । कार्यक्रममा अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० ले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको फोहोर व्यवस्थापन सम्बन्धिको अध्यययन प्रतिवेदन प्रस्तुत गरेको थियो । हिकाफका कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पतालको फोहोर व्यवस्थापन व्यवस्थित नभएको बताए । कोशी कोभिड अस्पतालले फोहोर व्यवस्थापनको काम व्यवस्थित गरेको पाइएको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ