२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २१ बजे नै निजी क्लिनिकमा धाउँछन् नारायणी अस्पतालका मेसु डा. ठाकुर

१ बजे नै निजी क्लिनिकमा धाउँछन् नारायणी अस्पतालका मेसु डा. ठाकुर


काठमाडौं–वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एस.के. (सन्जयकुमार) ठाकुर कार्यालय समयमै निजी क्लिनिकमा धाउने गरेको पाइएको छ । डा. ठाकुर दिउँसो १ बजे नै वीरगन्जमा रहेको आफिया फार्मेसीमा जाने गरेको पाइएको हो ।

नेपाल सरकारको नियमअनुसार अस्पतालका प्रमुखले निजी प्रयाक्टिस गर्न पाउँदैनन् ।  सरकारी अस्पतालका चिकित्सकले पनि कार्यलय समयमा निजी अस्पतालमा काम गर्न पाउँदैनन् । तर, डा. ठाकुर भने २ बज्दानबज्दै कार्यालयबाट निस्कन्छन् र निजी क्लिनिकमा पुगेर बिरामी हेर्छन् । आफिया फार्मेसीमा डा. एस.के. ठाकुरलाई भेट्ने समय १ बजेदेखि बेलुका ७ बजेसम्म तोकिएको छ ।

डा. ठाकुर भने आफू लामो समयदेखि आफिया फार्मेसीमा नगएको बताउँछन् । ‘मैले मेसु हुनुभन्दा पहिला निजी क्लिनिकमा बिरामी जाँच गर्थें,’ उनी भन्छन्, ‘म १ बजे नै कहि पनि बिरामी जाँच गर्न गएको छैन ।’ तीन महिनाअघि मेसु भएका उनले यो दाबी गरेपनि १० कात्तिकमा आफिया फार्मेसीमा पुगेर बिरामी जाँच पुर्जा हेल्थआवाजले प्राप्त गरेको छ । अहिले पनि डा. ठाकुर एक बजे नै फार्मेसी पुगेर बिरामी जाँच गर्छन् । नारायणीका सबै चिकित्सकहरु निजी प्रायक्टिस गर्ने भएकाले आफूले पनि गरेको जिकिर उनको थियो ।

यतिमात्र होइन उनले मेसु भएपछि अस्पतालमा आफ्नो बेग्लै ओपीडी कक्ष सन्चालनमा ल्याएका छन् । अस्पतालमा बिरामी जाच्नका लागि मेडिकल ओपीडी हुँदाहुँदै नीहित स्वार्थपूर्ति गर्र्नका लागि उनले बेग्लै ओपीडी सन्चालनमा ल्याएको स्रोतले जनाएको छ ।

साथै, डा. ठाकुरले आफ्नो कक्षमा तीन तहको सुरक्षा व्यवस्था गरेका छन् । उनी बिरामीको राउण्डमा जाँदा होस् या कतै बाहिर निस्कनुप¥यो भने समेत प्रहरी हवल्दार साथमै लिएर हिड्ने गरेको अस्पतालका एक कर्मचारीले हेल्थ आवाजलाई बताए ।

नारायणी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले काज फिर्ता लिएसँगै डा. ठाकुरलाई मेसुुको जिम्मेवारी तोकिएको थियो । मेसु भएसँगै कोभिड नियन्त्रण उनको मुख्य जिम्मेवारी थियो । यद्यपि डा. ठाकुर मेसु भएको १६ दिनपछि मात्र पहिलो पटक कोभिड अस्पतालको अवस्था बुझ्न गएको अस्पताल स्रोत बताउँछ ।

डा. ठाकुर मेडिकल सुपरिटेन्डेन्ट भएको तीन महिना बितिसक्दा समेत अस्पतालको सेवा विस्तारमा खासै काम नगरेको उनीमाथि आरोप छ । अस्पतालको प्रयोगशाला धरासयी अवस्थामा छ । सीबीसी, पोटासियम, थाइरोइडको फङ्सनको परीक्षण समेत महिनौंदेखि सन्चालनमा छैन । यस्तै, सिटीस्क्यान मेसिन बिग्रिएको १ वर्ष बितिसक्दा समेत उनले यसको मर्मतका लागि खासै चासो दिएका छैनन् । यसको प्रत्यक्ष मारमा बिरामीहरु परिरहेका छन् ।

डा. ठाकुर भने बिग्रिएका मेसिनहरु मर्मत गरिररहेको र मर्मत नहुने केही मेसिनहरु खरिदका लागि टेण्डर आह्वान गरिएको बताउँछन् । ‘म आएपछि परीक्षण थपिएका छन्,’ उनले भने, ‘सीबीसी मेसिन बिग्रिएकाले त्यसको मर्मत गर्दा बनेन् त्यसैले अर्को मेसिन किन्ने तयारीमा छौं । यस्तै, सोडियम पोटासियम मेसिन किन्नका लागि टेन्डर गरिएको छ । अब एक महिनाभित्रै सेवा सुरु हुन्छ ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ