२०८२ असोज ४, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहिद गंगालाल हृदय रोग केन्द्रमा कोभिड–१९ महामारीकै बीचमा ७० हजार बिरामीले लिए ओपीडी सेवा

शहिद गंगालाल हृदय रोग केन्द्रमा कोभिड–१९ महामारीकै बीचमा ७० हजार बिरामीले लिए ओपीडी सेवा


काठमाडौं– शहिद गंगालाल हृदय रोग केन्द्रले कोरोना महामारीको बीचमा ७० हजार ४ सय २४ जना बिरामीलाई ओपीडी सेवा दिएको छ । अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमो कोरोनाको महामारीकै बीचमा पनि ७० हजार भन्दा बढी बिरामीलाई ओपीडी सेवामार्फत उपचार गरिएको जनाएको हो ।

नेपालमा मुटुरोगको निदान तथा मुटुरोगीहरुको उपचार तथा पुनःस्थापनाका लागि २०५२ सालमा स्थापना भएको यस अस्पतालले २५ वर्षको अवधिमा १९ लाख बिरामीको उपचार गरिएको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, ८० हजार बिरामीको विभिन्न खाले क्याथ प्रोसेड्युअर र २५ हजार बिरामीको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ९ शैयाबाट सुरु भएको यो अस्पतालमा अहिले २ सय ३९ शैयाबाट सेवा दिइरहेको छ ।

कोरोना महामारी अर्थात सन् २०२० मा यस अस्पतालमा ७ हजार २ सय ४० जना बिरामीको भर्ना गरेर उपचार गरिएको छ । साथै ६ सय ९२ जना बिरामीको विभिन्न खालको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालले गत वर्षबाट गरिव विपन्न वर्गका लागि न्युन शुल्कमा प्राइमरी एन्जियोप्लास्टि सुविधा समेत दिँदै आएको छ । साथै गतवर्ष २ हजार ५ सय ७३ जनाको कोरोनरी एन्जिओग्राम, १ हजार २ सय २७ जनाको कोरोनरी एन्जिओप्लास्टी, १ सय ४५ जनाको पीटीएमसी, १ सय १० जनाको इपीएस/आरएफए, १ सय ८७ जनाको डिभाइस क्लोजर्स, ३ सय २९ जनाको पेसमेकर, २ हजार २ सय ९ जनाको सिटी स्क्यान गरिएको केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले जानकारी दिए ।

कोभिड–१९ को महामारीका बीचमा पनि केन्द्रले कुनैपनि सेवा बन्द नगरी बिरामीलाई सेवा दिएको थियो । यो अवधिमा करिव ४ सय कोभिड–१९ संक्रमितको उपचार भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ