२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ?

यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ?


आँखा हाम्रो शरीरको संवेदनशील अंगमध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने गर्दछन ।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीयाममा आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्नेलगायतका समस्या देखिन्छन् ।

गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ । जाडो मौसममा भन्दा पनि गर्मी समयमा बढी मात्रामा आँखाकाे समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ ।

आँखामा सुरुको अवस्थामा देखिने समस्या

  • रातो हुने,
  • आँखाबाट धाँगो जस्तो लामो चिप्रा आउने,
  • उज्यालोमा हेर्न समस्या हुने र चिलाउने,

जसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ । यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ ।

यतिमात्र होइन घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुर-बिरालो जस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने सङ्क्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता बस्तुमा भएको पराकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ ।

वयस्क मात्र होइन बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ ।

यी समस्याबाट बच्न के गर्ने ? 

१. आँखामा जथाभावी औषधि नराख्ने,

२. कचेरा आएमा आँखालाई हातले नछुने,

३. आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने,

४. आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टीसीयु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

५. गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने,

६. आँखा पोलेको छ भने चिसो बरफ वा आइसले सेक्ने,

७. आँखा सुख्खा भएमा चिकित्सकले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने,

८. आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने,

९. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने,

१०.आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने,

आँखामा देखा पर्ने केही समस्याहरु

१.  कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग

आँखा पाक्ने रोगलाई ‘कन्जन्टिभाइटिस’ पनि भनिन्छ । यसलाई गुलाबी आँखा पनि भन्ने गरिन्छ । आँखाको सेतो भागमा समस्या भएका बेला आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने गर्दछ ।

यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । तर, यसले दीर्घकालीन असर भने गर्दैन । समयमै उपचार गरेको खण्डमा यो रोग सजिलै निको हुन्छ । धुलो, धुवाँ, प्रदुषण औषधि तथा कस्मेटिक्सको एलर्जीले पनि आँखा चिलाउने, पाक्ने, सुन्निनेलगायत समस्या हुने गर्दछ ।

२. स्टाई अर्थात् आनो

यो संक्रमण परेलाको मुन्तिर सेवासियस ग्लाण्डमा हुने गर्छ । यो आँखाको बाहिर र भित्र दुबै ठाउँमा हुने गर्छ । यसलाई आनो अथवा ‘अन्धो’ पनि भनिन्छ ।

यसले हाम्रो शरीरलाई ठूलो हानी नोक्सानी गर्दैन । विशेष गरी यसमा पानी र पीपको मात्रा बढी हुन्छ । यसलाई बेस्सरी निचोरेको खण्डमा यसमा भएको किटाणु धेरै ठाउँमा सर्ने सम्भावना रहन्छ । त्यसैले यसलाई चाँडै सर्ने रोग पनि भनिन्छ ।

यसको संक्रमण हुँदा तातो बाफले सेक्नु अथवा पुदिनाको मसाज लिनु लाभदायक मानिन्छ । कुनै-कुनै अवस्थामा यसलाई निको पार्न औषधि तथा एन्टीवायोटिक प्रयोग पनि जरुरी हुन्छ ।

३.  आँखा सुख्खा हुने

यो समस्या भएका व्यक्तिको आँखा चिलाउने, जलन हुने तथा आँखा सुख्खा हुने गर्छ । विशेष गरी आँखामा धेरै जलन भएमा आँखा धमिलो हुने सम्भावना रहन्छ ।

क्रमिकरुपमा परेला झिम्काइ राख्नाले पनि आँखालाई आराम मिल्छ । सामान्यतया यो समस्या बार्‍है महिना देखिने भए पनि वर्षातको समयमा फोहोर हातले आँखा समात्दा यसको संक्रमण अझ बढ्छ । यसबाहेक धुलो, धुँवा, प्रदुषणले पनि आँखाको जलनलाई बढाइरहेको हुन्छ ।

आई ड्रप्सले आँखा झिम्काउन तथा आँखाको जलन कम गर्न मद्दत मिल्छ । त्यसबाहेक आँखा दुःखेका बेला टीभी, कम्प्युटर, मोबाइलको प्रयोग नगर्ने तथा धेरैबेरसम्म किताब नहेर्नु पनि उपयुक्त मानिन्छ ।

आँखाको हेरचाह कसरी गर्ने ?

  • सुकेको अमला पानीमा भिजाएर उक्त पानीले आँखा सफा गर्ने ।
  • बेलको पातको रस छानेर दिनमा ३–४ पटक लगाउँदा आँखाको पीडा कम हुन्छ ।
  • तुलसीको पातको रस पनि आँखाका लागि फाइदाजनक हुन्छ ।
  • एक चम्चा त्रिफला चूर्ण महसँग खाने । त्रिफला भिजाएर आँखा सफा गर्दा पनि फाइदा मिल्छ ।
  • पैतालामा नित्य तोरीको तेल लगाउँदा आँखा दुख्ने–पोल्ने समस्या ठीक हुन्छ ।
  • गुलाबजलमा फिटकिरी घोलेर आँखामा लगाउँदा पीडा कम हुन्छ ।
  • आँखामा आनो (अन्धो) निस्कियो भने ल्वाङ पिसेर अर्थात् चन्दन जसरी घोटेर लगाइदिने ।
  • पानको पातको रस कपासको सहायताले लगाउँदा आनो ठीक हुन्छ ।
  • बाख्राको दूध अन्धो निस्किएको ठाउँमा लगाउने ।
  • रतन्धोको समस्यामा हरियो धनियाँको रस उपयोगी हुन्छ ।
  • गाईको गोबरको रस दिनमा ३–४ पटक लगाउँदा रतन्धोमा फाइदा मिल्छ |

आँखाको दृष्टि कसरी जाेगाउने ? यस्ता छन् ७ उपाय

१. आँखा झिम्क्याउने

निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ

पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नु हुँदैन । आँखा र किताबको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकिन्छ । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढ्ने बानी हटाउने 

गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका-छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ

एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश किताबको अलि छेउमा पार्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा र  टि.भी कम हेर्ने

सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ

सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चश्मा 

अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चश्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ । एउटै एवम निरन्तरको चश्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ ।

आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।

आँखा पाक्ने रोग के हो ?

आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ।

आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा ‘कन्जङ्टिभाइटिस’ वा ‘पिङ्क’ आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ।

आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ। यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।

मूलभूत कारणहरु 

१. भाइरसद्वारा हुने आँखा पाक्ने

यो प्राय एडेनोभाइरसको संक्रमणले हुन्छ र तिब्र सरुवा प्रकृतिको हुन्छ । यस रोगमा शुरुमा ज्वरो आउँछ, घाँटी दुख्छ र नाकबाट पानी बग्छ । आँखाबाट पानी बगिरहन्छ र आँखा मा बालुवा परे जस्तो अनुभव हुन्छ ।

२. ब्याक्टेरियाद्वारा हुने आँखा पाक्ने 

यो प्राय स्टाफिलोकोकस या स्ट्रेप्टोकोकस समूहका ब्याक्टेरियाको संक्रमणले हुन्छ र सरुवा प्रकृतिकै हुन्छ । यस रोगमा आँखाबाट पहेंलो, सेतो र हल्का हरियो रंगको पीप बग्दछ ।

केही विशेष खालका ब्याक्टेरिया द्वारा हुने आँखा पकुवा निम्नानुसार छन् ।

१. नाईजेरिया समुह

(विशेष गरेर निजेरिया गनोरिया) का ब्याक्टेरियाका कारण आँखा रातो हुने, पीप बग्ने र समयमै राम्रो उपचार गरिएन भने रोगीले आँखै नदेख्ने हुन सक्छ । यो गनोरिया रोग लागेका विरामी को जननांगसँग आँखाको सम्पर्क भयो भने लाग्न सक्ने रोग हो ।

२. नवजात शिशु मा हुने गोनोकोक्कल आँखा पकुवा

यो संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्ने रोग हो, जुन बच्चा जन्मेको दोस्रो दिन देखि पहिलो हप्ता भित्रै देखिन्छ ।

३. नवजात शिशुमा हुने क्लामाइडिया

आँखा पकुवा संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्छ जुन बच्चा जन्मेको पहिलो हप्ता पछि देखिन्छ ।

४. एलर्जी

धुवाँ, धूलो, परागकणहरु वा अन्य एलर्जी उत्पन्न गराउने कुराहरु बाट हुने आँखा पकुवा यसभित्र पर्दछन् । अकस्मात आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने र कहिले काहीं वर्षैभरि रहिरहने यसका लक्षण हुन् ।

५. वाह्य वस्तुहरु

श्याम्पू, क्लोरिन, कन्ट्याक्ट लेन्स जस्ता बाह्य वस्तुबाट पनि आँखा पाक्ने रोग हुन सक्छ ।

आँखालाई धुलाेबाट कसरी जाेगाउने ?

कतिपयको आँखामा सुख्खापन धुलोका कारण हुने गरेको पाइएको छ । आँखामा सुख्खापन भएर उपचार गराउनुभन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ ।जसकारण आँखामा सुख्खापन हुने गर्छ । त्यसको पहिचान गरेर त्यसबाट टाढा रहनु राम्रो हुन्छ ।

धुलोका कारण हुने सुख्खापन हो भने घर बाहिर निस्कँदा आँखा ढाक्ने गरी चश्मा लगाउनुपर्छ । बाहिर निस्कँदा धूलोबाट बच्ने राम्रो उपायको रुपमा चश्मा लिने गरिन्छ ।

घरबाट बाहिर निस्कँदा चश्मा अनिवार्य रुपमा लगाउनुपर्छ । चस्मा लगाउन नपर्नेले पनि सनग्लास लगाउँदा आँखालाई केही हदसम्म बचाउन सकिन्छ ।

दैनिक बिहान-बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्दछ । साथै आँखालाई समय-समयमा जाँच गराउनु आवश्यक हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ